नेबिसँघ सदस्य खत्रीको श्रदाञ्जली कार्यक्रम सम्पन्न

नेपाल बिद्यार्थी संघ बानेश्वर क्याम्पस काठमाण्डौ कमिटिका सदस्य देवेन्द्र खत्रीको श्रदाञ्जली सभा चौरपाटि गाउँपालिकामा सम्पन्न भएको छ ।

नेपाल बिद्यार्थी संघका सक्रिय सदस्य खत्रीको सम्झनामा चौरपाटि गाउँपालिका वडा नम्वर ४ पित्रेनामा श्रदाञ्जली सभा कार्यक्रम गरिएको हो ।

नेपाली काँग्रेस वडा सभापती लोग बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा नेपली काँग्रेस अछामका सभापती भरत कुमार स्वार प्रमुख अथिति रहनु भएको थियो ।

मृतक खत्रीलाई श्रद्धान्जली ब्यक्त गर्दै पार्टि सभापती स्वारले एक होनाहार युवा र नेबिसंघका एक खम्बा खत्रीलाई गुमाउँदा नेपाली कांग्रेश अछामलाई ठुलो क्षती भएको भन्दै दुःख ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेश अछामका पुर्ब पार्टी सभापती मेघराज खड्का बिशिष्ट अथिती र महाधिवेशन प्रतिनिधि टक्कर ताम्राकार ,जिल्ला कार्यसमिति सदस्य दिपक कुवर ,नेविसंघ जिल्ला अध्यक्ष नृप साउद ,चौरपाटि गाउपलिकाका उपाध्यक्ष माया कुवर,साफे नगरपालिकाका सभापति गोकुल भाट , साँफेबगर नगरपालीका ७ का सभापति मिट्ठु भाट, चौरपाटी गाउपालिका ५ का वाडा सभापति टेक बहादुर खड्काले शोक मन्तब्य राख्नु भएको थियो । भने श्रद्धान्जली कार्यक्रमको सन्चालन हर्क कुंवरले गर्नु भएको थियो ।

नेपाल विद्यार्थी संघ बानेश्वर क्याम्पस काठमाडौका सदस्य चौरपाटी गाउपालिका ४ पायल पित्रेना निवासी २२ बर्षिया देबेन्द्र खत्रीको भारतमा घुमघामका क्रममा डेँगु रोगको शँक्रमणका कारण अल्पायुमै निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker