चौखुट्टे प्रहरीद्धारा अवैध सुर्ती बरामद

अवैध रुपमा कर छली गरि ल्याईदै गरेको सुर्ती प्रहरी चौकि चौखुट्टेले वरामद गरेको छ ।

धनगढीवाट करछली गरि बाजुरा ल्याईदै गरेको अवैध सुर्ती प्रहरी चौकि चौखुट्टेले बिहिवार विहान बरामद गरेको हो ।

धनगढीबाट बाजुरा आउदै गरेको सुदूरपश्चिम यातायातको ना ७ ख ८२५३ नम्बरको बस खानतलासीका क्रममा १ सय पोका सुपर पावर नामक सुर्ती बरामद गरिएको प्रहरी चौकि चौखुट्टेका ईन्चार्ज मदन धामीले बताउनुभयो ।

कर छली गरि ल्याईदै गरेको सुर्ती कस्को हो भन्ने नखुलेको यात्रु बिष्णु खड्काले जानकारी दिनुभयो ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker