Techie IT

अछाममा १२ वर्षीया बालिकाको पेटमा ५ महिनाको गर्भ


अछामको रामारोशनकी १२ वर्षीया एक बालिकाको पेटमा ५ महिनाको गर्भ भेटिएको छ । कुकुरले टोकेपछि उपचारका लागि अस्पतालमा ल्याइएकी उनको जाँचका क्रममा चिकित्सकले पेटमा बच्चा भएको अभिभावकलाई बताएका हुन् ।

कुकुरले छोरीलाई टोकेपछि सुई लगाउनको लागि अस्पताल ल्याएकी बालिकाकालाई चेकजाँचका क्रममा डाक्टरले पेटमा ५ महिनाको गर्भ रहेको बताएका छन ।

बुवाले भने,ुछोरीको पेट किन सुनियो डाक्टर साुब हेरिदिनुस् भने। डाक्टरले चेकजाँच गरेपछि ५ महिनाको गर्भ छ भन्ने थाहा भएपछि म छाँगाबाट खसे जस्तो भएँ।

सुस्तमनस्थिति ती बालिकाको गर्भ कसरी रह्यो भन्नेमा प्रहरीले खोजी सुरु गरेको छ। उनलाई बलात्कार गरिएको हुनसक्ने डीएसपी जनक शाहीले बताए। गम्भीर प्रकृतिको घटना हो। उनले सुरुमा नाम लिएका एक बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौ,उनले भने,अहिले अरु ४र५ जना केटाहरुको नाम पनि लिएकी छन्। उनीहरुलाई पनि नियन्त्रणमा लिने प्रयास गरिरहेका छौं।

ती बालिकाकी आमा पनि सुस्तमनस्थिति रहेको र बुवालाई यो घटनाबारे जानकारी नभएको प्रहरीले जनाएको छ। गम्भीर प्रकृतिको घटना भएकाले अस्पतालले प्रहरीलाई खबर गरेको जानकारी जिल्ला अस्पताल अछामकी एक नर्सले दिइन्। यो केस नै फरक भएकाले प्रहरीसँगको परामर्शमा रहेको उपचारमा संलग्न चिकित्सकले बताए।

जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको २२ हप्तासम्मको गर्भ भएमा अन्यथा अरु अवस्थाका अनिच्छित गर्भ १२ हप्ता ननाघेको गर्भपतन गर्न मिल्ने कानुनी व्यवस्था छ। लिंग पहिचान गरेर, गर्भवती महिलाको सहमतिबिना र १२ हप्ताभन्दा बढीको गर्भपतन गराउन कानुनले बन्देज लगाएको छ।

अप्ठ्यारो परिस्थितिमा विशेषज्ञ र अनुमति प्राप्त चिकित्सकले मात्र १२ हप्तासम्मको गर्भ फाल्न पाउने व्यबस्था रहेको छ। तर यी बालिकाको हकमा अहिल्यै नै के गर्न सकिन्छ भन्ने बारे सल्लाह भइरहेको सरोकारवाला बताउँछन्। ekantipur.com


क्याटेगोरी : समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!