Techie IT

मेल्लेख गाउँपालिकामा लक्ष्य भन्दा कम आम्दानी :के भन्छन अधिकृत बुढा (कुराकानी)


दिनेश केशी, रेडियो बान्नगिढी

मेल्लेख गाउँपालिकाले गत आर्थीक बर्षमा करिब २८ लाख आन्तरिक आम्दानी गरेको छ ।

गत आर्थीक बर्ष २०७५÷७६ मा मेल्लेख गाउँपालिकाले २७ लाख ७८ हजार ५ सय ६३ आन्तरिक आम्दानी गरेको हो ।

बार्षीक निति तथा कार्यक्रममा करिब ५० हजार आम्दान्नी हुने अनुमान गरीएको भएपनि गाउँपालिकाले करिव २८ लाख मात्रै राजश्व सँकलन गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशसकिय अधिकृत हिक्मत बुढाले बताउनुभयो ।

सबै भन्दा बढी डोजर बाट १७ लाख १९ हजार ६ सय आम्दान्नी भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बुढाको भनाई छ ।

हलभाडा,नयाँ फम दर्ता, सिफारिस, मालपोतको तिरो, ब्यावसाय दर्ता र डोजर भाडाबाट गरि गाउँपालिकाले करिब २८ लाख आर्थिक आम्दानी गरेको हो ।

यस आर्थीक बर्षमा मेल्लेख गाउँपालिकामा करिब ५० लाख सम्मको आन्तरिक आम्दान्नी हुने अनुमान गरिएको छ । यसै बिच आज हामीले गाउँपालिकाको आन्तरिक आम्दानीका बिषयमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हिक्मत बुढा संग कुराकानी गरेका छौ । सुनौ यो कुराकानी
कुराकानीः हिक्मत बुढा


क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस