अछाममै पहिलो पटक निर्मित रिचार्ज पोखरी प्रभावकारी बन्दै (कुराकानी)

दिनेश केशी, रेडियो बान्नीगढी
अछामको चौरपाटी गाउँपालिकामा निर्माण गरिएका रिचार्ज पोखरी प्रभावकारी बन्ने गाउँपालिका अध्यक्ष हर्क बहादुर साउँदले अपेक्षा गर्नुुभएको छ ।
पछिल्लो समय सुक्दै गएका पानीका मुहानहरु जोगाईराख्ने उद्धेश्यले निर्माण गरिएका रिचार्ज पोखरी प्रभावकारी बन्ने गाउँपालिका अध्यक्ष साउँदले अपेक्षा गर्नुभएको हो ।
पानीका मुहान सुक्न थाले पछि चौरपाटी गाउँ पालिकाले रिचार्ज पोखरी निर्माण अभियान २०७६ संचालन गरेको थियोे ।
जलवायु परिवर्तनका कारण पछिल्लो समय पानीका मुहान सुक्दै जान थालेपछि मुहानहरु सुक्न नदिन चौरपाटि गाउँपालिकामा २ हजार रिचार्ज पोखरी निर्माण गरिएका छन । निर्माण गरिएका रिचार्ज पोखरीहरुमा बर्षातको पानी जम्मा हुदै गएको र यसको सकारात्मक प्रभाव केहि बर्षमा देखिने गाउँपालिका अध्यक्ष साउँदको भनाई छ ।
रिचार्ज पोखरी निर्माण गरिएको क्षेत्र आसपासमा पानी रसाउन थालेकोमा खुसी व्यक्त गर्दै अध्यक्ष साउँदले यस बर्ष थप योजना सँचालन गर्ने बताउनुभयो ।
यसै बिच आज हामीले चौरपाटी गाउँपालिकामा निर्माण गरिएका रिचार्ज पोखरीको अवस्थाका बिषयमा गाउँपालिका अध्यक्ष हर्क बहादुर साउँदसंग कुराकानी गरेका छौ । सुनौ यो कुराकानी
कुराकानीः हर्क साउँद
क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस