बर्षाले अवरुद्ध ग्रामीण सडकहरु सुचारु भएको नगर प्रमुख कुँवरको भनाई (कुराकानी)

बर्षाका कारण अवरुद्ध बनेका साँफेबगर नगरपालिका भित्रका ग्रामीण सडकहरु संचालनमा आएका छन ।

बर्षायाम सकिए सँगै नगर भित्रका ग्रामिण सडकहरु सँचालनमा आएका हुन । बर्षायाममा अवरुद्ध बनेका ग्रमीण सहकहरु मर्मत सम्भार गरि सँचालमा ल्याईएको नगर प्रमुख कुल बहादुर कुँवरले बताउनु भएको छ ।

बर्षायाममा ग्रामीण सडक अवरुद्ध हुँदा नागरिकलाई आवतजातमा समस्या हुदै आएको थियो । हाल ग्रामिण सडकहरु सँचालनमा आएसँगै नागरीकहरुलाई सवारी साधनमा ओहोर दोहोर गर्न सहज भईरहेको नगर प्रमुख कुँवरले बताउनुभयो ।

ग्रामिण सडकहरु मर्मत सम्भार गरिए पश्चात सँचालनमा आए पनि बर्षा हुने बितिक्कै सहडक अवरुद्ध हुने सक्ने जोखीम यथावत रहेको उहाको भनाई छ ।

आगामी दिनमा ग्रामीण सडकलाई बर्षायाममा समेत सँचालन हुने गरि स्तोरन्नती गर्न नगरपालिकामा स्टाकाभेटर खरिद गरिने र सडकको नाली व्यवस्थापन गर्ने योजना बनाईएको उहाले बताउनु भएको छ ।

यसै बिच आज हामीले ग्रामीण सडकहरुको अवस्थाका बिषयमा साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बः कुँवरसंग कुराकानी गरेका छौ ।

कुराकानीः कुल बहादुर कुँवर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker