देबिस्थानका टुहुरा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण

साफेबगर नगरपालिका ११ देबिस्थान स्थित हंस बाहिनी माबी देबिस्थानमा अध्ययनरत टुहुरा विद्यार्थीहरुलाई खोला तथा शैक्षिक सामाग्री बितरण गरिएको छ ।
देबिस्थान स्थायी घर भइ हाल मलेसियामा रहनु भएका दिनेश खड्का खप्तडिले स्वर्गीय धना देवी खड्काको बार्षिक पुण्य तिथिको अबसरमा हंश बाहिनी मावि देवीस्थानमा कक्षा १ देखी १० कक्षा सम्म अध्ययन गर्ने टुहुरा बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण वितरण गर्नु भएको हो ।
खड्काले १५ जना छात्रा र १३ जना छात्र गरि २८ जनालाई झोला, नोटबुक, कलम लगाएतका शैक्षिक सामाग्री वितरण गरिएको थियो । आफुहरुले शैक्षिक सामाग्री पाए पछि पढाईमा सहजता हुने हंस बाहिनीमा अध्ययनरत बिद्यार्थिहरुले बताएका छन् । पत्रकार समेत रहेका खड्काले गत बर्ष पनि स्वर्गीय आमा धनिदेबि खड्काको पुण्य तिथिको अवसरमा झोला, नोटबुक, कलम लगाएतका शैक्षिक सामाग्री वितरण गर्नु भएको छ । खड्काले आफू स्वदेशमा नभए पनि असाय, अपाङ्ग तथा टुहुरा बिद्यार्थिहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने बताउनु भयो ।
यस्तै उहाँले पनि असाय, अपाङ्ग तथा टुहुरा बिद्यार्थिहरुलाई सहाज होस् भन्ने उद्धेश्यले सामाग्री वितरण गरेको बताउनु भयो । शैक्षिक सामाग्री बितरन कार्यक्रममा बोल्ने अधिकास बक्ताहरुले खड्काले गरेको काम साह्रै राम्रो भएको बताएका थिए । हंस बाहिनी माबिका प्रधानाध्यापक हंस बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि साँफेबगर नगर कार्यपालिका सदस्य शंकर भुल, विशिष्ट अथिती बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष वीर बहादुर खड्का रहनु भएको थियो । विद्यालयका शिक्षक नर बहादुर खातीले स्वागत मन्तव्य राख्नु भएको शैक्षिक सामाग्री बितरण कार्यक्रमको संचालन शिक्षक राजेन्द्र खड्काले गर्नु भएको थियो ।
क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस