अछाममा भिरबाट खसेर एक युवकको मृत्यु

अछाममा भिरबाट लडेर एक युवकको ज्यान गएको छ । जिल्लाको ढकारि गाउपालिका २ हिच्मा, साबाका १९ वर्षिय गणेश साउदको घाँस काट्ने बेला भिरबाट खसेर ज्यान गएको हो ।

शुक्रबार अपरान्ह ४ बजे घाँस काट्न जारिमेको पाँणपाखा जंगलमा गएका साउद बेलुकी अबेरसम्म पनि नफर्किएपछि खोज्न जादा राति ८ बजे मृत अवस्थामा भेटिएको उहाँका दाजु टेकबहादुर साउदले जानकारी दिनुभयो ।

एक्लै जंगलमा घाँस काट्न गएका गणेशको करिब १०० मिटर तल खसेर मृत अवस्थामा लास भेटिएको उहाँका बुवा पूर्ण साउदले बताउनुभयो । मृतक साउद जंगलमा गाईबस्तुका लागि खर घाँस काट्न जानुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker