Techie IT

कृषि मेला प्रदशनी कार्यक्रम जयगढमा सम्पन्न


कृषि मेला प्रदशनी कार्यक्रम जयगढमा सम्पन्न भएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका र मालिका बिकास संघ नेपाल द्वारा संचालित कृषि उपज उत्पादनलाइ प्रोत्साहन तथा बजार प्रबर्द्धनका लागि बान्नीगढी जयगढ गाउँपालिका भित्रका कृषकहरुले उत्पादन गरेका कृषि उपज बस्तुहरुको प्रदशनी गर्दै जयगढ रोड बजार मा कृषि मेला सम्पन्न भएको हो ।

बान्नीगढी जयगढ गाउँपालिका र मालिका बिकास संघको सयुक्त साझेदारीमा सम्पन्न भएको कृषि मेलामा कृषि साखा प्रमुख नरेश खड्काको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिती गाउँपालिका अध्यक्ष राजेन्द्र खड्का रहनु भएको थियो । प्रमुख अथितीको आसन बाट बोल्दै खड्काले कृषि मेलामा आफुले उत्पादन गरेका कृषि उपज बस्तुहरुको प्रदसनी गर्न आउनुभएका सबै कृषकहरुलाइ धन्यवाद दिनु भएको छ । गाउँपालिकालाई कृर्षीमा आत्मनिर्भर बनाउन कृर्षी पशु रणनिती पञ्चबर्षीय गुरु योजना बनाएको अध्यक्ष खड्काले उल्लेख गर्नु भयो । कर्षीमा आधुनिकीकरणमा जोड दिन सबै कृषकहरुलाई उहाँले आग्रह गर्नु भयो ।

आवाजः राजेन्द्र खड्का

कृषि मेला प्रदशनीमा गाउँपालिका भित्र रहेका वडा नम्वर १ देखि ६ भित्रका कृषकहरुले आफुले उत्पादन गरेका विभिन्न तरकारी, फलफुल, अन्नबाली,नगदेबाली, माछा लगायत थुप्रै कृषि उपज बस्तुहरुको प्रदशनी गरेका थिए ।

 

प्रदशनीमा कफी, पिँडालु, सिमि, सीता फल, लातुसे सिमि, रायो, जुवारी , टमाटर, भुइ स्याउ, उखु,अमला, बन्दागोपी, जुवारी, लगायत थुर्पै मसला बाली, नगदे बाली, लगायतका कृर्षी उपज बस्तुहरुको प्रदसनी गरिएको थियो । प्रदशनी गरिएका कृषी उपज बस्तुहरुमा प्रथम,दृतिय,तृतीय र सान्तवना भएका कृषकहरुलाई पुरुस्कार तथा प्रमाण पत्र बितरण गएिको छ । तरकारीबाली अन्र्तगत उत्कृष्ट तरकारी फलाएर वडा नम्वर ३ की दुर्गा थापा प्रथम हुनुभएको छ । फलफुल तथा नगदेबालीमा वडा नम्वर ३ की लालमती ठकुल्ला, बेसार तथा मसालाबालीमा वडा नम्वर ६ का झंकर टमट्टा, माछापालन ब्यावसायमा ६ कै बज्जिर सिँह सार्की प्रथम हुनुभएको छ । कृर्षी मेला कार्यक्रममा बिशिष्ट अथिती जिल्ला समुन्वय समिती सदस्य शिब बहादुर तिरुवा रहनु भएको थियो । अन्य अथितीहरुमा वडा नम्वर ३ का वडा अध्यक्ष कुल बः शेट्टी,४ का कर्ण बः ठकुल्ला, ५ का लाल कामी पशु सेवा साखा प्रमुख हर्क बः शाही,स्वास्थ्य सेवा साखा प्रमुख बसन्त बः रावल, शिक्षा साखा प्रमुख नयन सिँह कुँवर, लगायत गाउँपालिकाका सम्पुर्ण कर्मचारी राजनितिकदलका प्रमुख तथा प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।


क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस