दुरदराजका महिलाहरु अँझै हिंसाको चपेटामा : न्युनिकरणमा बान्नीगढी सरकारको महाअभियान

दिनेश केशी,रेडियो बान्नीगढी

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नेपाली नारा ‘समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यबद्धता’ भन्ने तय गरिएको छ ।
देशैभरि १६ दिने महिला हिंसा बिरुद्धको अभियान चलिरहँदा अछामका स्थानीय तहहरुमा पनि बिभिन्न कार्यक्र सञ्चालन भइरहेका छन ।

जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाले पनि महिला हिँसा बिरुद्धको १६ दिने अभियान सफल पार्न बिभिन्न चेतनामुलक कार्यक्रम संचालन गरिरहेको छ ।

गाउँपालिकामा मंसिर ९ गते प्रभात फेरी कार्यक्रम गरिएको थियो । मंसिर १३ गते महिला हिँसा बिरुद्धको अभियान अन्र्तगत “म लैंगिक हिंसा गर्दिन र अरुलाई पनि नगर्न पा्रेत्साहन गर्न प्रतिबद्ध छु” भन्ने नारामा हस्ताक्षर अभियान सुरु गर्ने गाउँपालिका महिला साखा प्रमुख सम्झना पुरीले बताउनु भयो ।

बान्नीगढी जयगढ गाउँपालिकाबाट राष्टिय खेल खेलेका २ जना महिला भलिभल खेलाडीलाई प्रोत्साहान गर्दै साँफेबगरमा हुने महिला भलिबल प्रतियोगीताकामा जयगढका महिला भलिबल खेलाडीहरुका लागी बजेट बिनियोजन गरिएको छ ।
यस्तै मंसिर २४ गते गाउँपालिकाका दुरदराजमा हिँसाको चपेटामा परेका महिलाहरुको अवस्थाका बिषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने पत्रकार सँगको कुराकानीमा पुरीले उल्लेख गर्नु भयो ।

बान्नीगढी जयगढ गाउँपालिकामा महिला हिंसा न्युनिकरणकालागी बिभिन्न कार्यक्रम सञ्चालन गरि महिला हिँसा न्युनिकरणनै गर्ने गाउँपालिकाको उदेश्य रहेको छ ।
गाउँघरका महिलाहरु अशिक्षाका कारण अहिले पनि दुरदराजका गाउँघरतिर हिंसाको चपेटामा पर्ने गरेको रेडियो बान्नीगढीको संक्षिप्त कुराकानीमा महिला साखा प्रमुख पुरीले बताउनु भएको छ ।

पहिलेको तुलनामा अहिले महिलाहरु शसक्त बनेपनि अँझै केहि स्थानमा आफ्नो अधिकारको प्रत्याभुत गर्न नपाएको उहाँले उल्लेख गर्नु भयो ।

यसै बिच आज हामीले बान्नीगढी जयगढ गाउँपालिका महिला साखा प्रमुख सम्झना पुरी संग महिला हिंसा बिरुद्ध चलिरहेको १६ दिने अभियान अन्र्तगत गाउँपालिकामा के कस्ता क्रियापलाप सञ्चालन हुदैछन भनेर सोधेका छौ । सुनौ यो कुराकानी

कुराकानी सम्झना पुरी

यसै बिच
महिला संजाल बर्दादेवीको बैठक बर्दादेवीमा सम्पन्न।
महिला संजाल बर्दादेवीको बैठक सम्पन्न भएको छ । महिला संजाल बान्नीगढि जयगढ गाउँपालिका वडा नम्वर ३ बर्दादेवीको बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न भएको हो। संजालका अध्यक्ष रुपा थापाको अध्यक्षतामा सम्पन्न भएको बैठकबाट महिला हिँसा बिरुद्दको १६ दिने अभियानका अवशरमा चेतनामुलक कार्यक्रम संचालन गर्ने गरिएको छ ।

यसै बिच यहि मंसीर २१ गते शनिवार वडा कार्यालय प्राँगणमा सदभावपुर्ण महिला देउडा खेल संचालन गरिने भएको छ । वडा नम्वर ३को आर्थीक सहयोगमा महिला हिँसा बिरुद्द चेतनामुलक गीत सहित महिला देउडा खेल संचालन हुने संजालका सचिव रतनदेवी ठकुल्लाले बताउनुभयो । बैठकमा वडा अध्यक्ष कुल बहादुर शेट्टि, महिला अगुवा निर्मला साउद लगायतको सहभागीता रहेको थियो ।

यो पनि पढ्नुहोस

मंगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्याय लैंगिक हिंसा न्यूनिकरण अभियानका लागि गाउँ गाउँमा सक्रिय

अछाम ११ मंसिर 

मंगलसेन नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक सरिता उपाध्याय लैंगिक हिंसा न्यूनिकरणका लागि गाउँगाउँमा सक्रिय हुनुभएको छ ।

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा नगरका बिभिन्न वडाहरुमा आयोजना भईरहेका सचेतनामुलक कार्यक्रममा सहभागि भई महिलाहरु संग साक्षात्कार, छलफल तथा अन्तरक्रिया गरिरहनुभएको हो । मंसिर ९ देखी २५ गतेसम्म चल्ने १६ दिने अभियानका क्रममा सबै १४ वटै वडामा विशेष कार्यक्रमहरुको आयोजना गरिएकोमा सबैजसो कार्यक्रममा उपप्रमुख उपाध्याय सहितको टोलिले लैंगिक हिंसा बिरुद्धको जागरण कार्यक्रम गरिरहेको छ ।

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानलाई अभियानकै रुपमा मात्रै नमनाएर महिलाहरुसंग लैंगिक हिंसाबारे जानकारी, कानूनी प्रावधानहरु, महिला हिंसा, बाल बिवाह, छाउपडी कुप्रथा लगायतका विषयमा जानकारी गराउने र ग्रामिण स्तरमा पनि हिंसा बिरुद्ध जागरण फैलाउने हेतुले सबै वडामा विशेष कार्यक्रमहरु भईरहेका नगरपालिकाले जनाएको छ । आफुहरुले जिल्ला प्रहरी कार्यालय अछाम, बिभिन्न सञ्चार माध्ययम र पत्रकारहरु, साझेदार संघसंस्था र अधिकारकर्मीहरु संगको समन्वयमा लैंगिक हिंसा बिरुद्धका सचेतनामुलक कार्यक्रमहरु गरिरहेको नगर उपप्रमुख उपाध्यायले बताउनुभयो ।

वडा वडामा भईरहेका कार्यक्रममा नगरप्रमुख पदमबहादुर बोहरा, निमित्त प्रमुख प्रशासकिय अधिकृत मञ्जु महत, पत्रकार, अधिकारकर्मीहरु लगायतको सहभागिता रहने गरेको नगरपालिकाका सूचना अधिकारी नरेश बहादुर कठायतले जानकारी दिनुभयो ।

समानताको पुस्ता बलात्कार बिरुद्ध ऐकेबद्धता भन्ने मुल नारा सहित सञ्चालन भैरहेको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान २४ गतेसम्म नगरका सबै वडामा बिभिन्न कार्यक्रम गरि मनाउने निर्णय भएको जनाईएको छ । लैंगिक हिंसा न्यूनिकरण गर्दै समतामुलक समाज निर्माणका लागि सबै सरोकारवालालाई प्रतिबद्ध हुन पनि नगरपालिकाले आग्रह गरेको नगरपालिकाका एम आई एस अपरेटर होम बहादुर साउदले जानकारी दिनुभयो ।

 

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker