Techie IT

काठमाण्डौमा भुकम्पको झट्का


बुधबार राति काठमाण्डौलगायतका केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

बुधबार राति १० बजेर ८ मिनेट जाँदा सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गए पनि काठमाण्डौ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा समेत भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पबाट कहाँ के कति क्षति भयो भन्ने विवरण भने प्राप्त भैसकेको छैन ।


क्याटेगोरी : समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस