अछाममा उपनिर्वाचनका लागी सुरक्षा कार्ययोजना तयार

अछामको मेल्लेख गाउपालिका ५ बिन्धेबासिनीमा यहि मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि जिल्लाको निर्वाचन सुरक्षा कार्ययोजना तयार भएको छ। जिल्ला प्रहरी कार्यालय, अछामले निर्वाचन सुरक्षा कार्य योजना बनाई मतदानस्थलमा सुरक्षाकर्मी परिचालन गरेको छ ।
निवर्नाचनका क्रममा नेपाल प्रहरी १सय ३७ ,सशस्त्र प्रहरी ४५ र नेपाली सेना ६० भन्दा बढी परिचालन गरिने छ । अहिले ७५ प्रतिशत सुरक्षाकर्मी निर्वाचन स्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपि जनक बहादुर शाहीले बताउनु भयो ।
निर्वाचन स्थल र आसपासका क्षेत्रमा चौबिसै घण्टा हतियारसहितका सुरक्षाकर्मीले गस्ती गर्ने योजना छ। निर्वाचनका समयमा तीन तहको सुरक्षा व्यवस्था गरी पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा गर्ने व्यवस्था मिलाइएको छ।
निर्वाचनका अवधिभर उम्मेदवार, उम्मेदवारको घर, प्रचारप्रसारका लागि राखिएका सम्पर्क कार्यालय, प्रचार अभियान तथा दलका पार्टी कार्यालयको प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको डिएसपि शाहीले बताउनु भयो ।
निर्वाचनलाई स्वतन्त्र र मर्या्दित बनाउन तथा मतदातालाई ढुक्क भएर मतदान गर्ने वातावरण बनाउन जिल्लाका सबै सुरक्षा निकायका प्रमुख नियमित समीक्षामा रहेको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताउनु भयो । उपनिर्वाचन वडामा अहिले दैनिकजसो नेपाल प्रहरी र सशस्त्र प्रहरीले गस्ती गरिरहेको छ।
क्याटेगोरी : समाचार, स्थानीय
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस