महालक्ष्मी विकास बैक साँफेबगरद्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैक साँफेबगरद्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

महालक्ष्मी विकास बैक साँफेबगरद्वारा जनकल्याण माध्यामिक विदद्यालयमा सिभिल इन्जिनियर डिप्लोमा प्रथम तहमा अध्यनरत विधार्थीहरुलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रम मार्फत बैक तथा वित्तिय संस्थाबाट प्रदान गरिने सेवा, कर्जा तथा निक्षेप, मोबाईल बैंकिङ्ग, डेविट कार्ड सम्बन्धि जानकारी गराईएको थियो ।

यस्तै कार्यक्रममा सि–आस्वा, ए.वि.वि.एस, सम्पत्ति शुद्विकरणको बारेमा पनि जानकारी गराईएका थियाे । कार्यक्रम मार्फत बैक तथा वित्तिय संस्थाहरुले अर्थतन्त्रको विकासमा खेलेको भुमिकाका बारेमा महालक्ष्मी विकास बैक साँफेबगर शाखाका प्रबन्धक गणेश बहादुर साउँदले प्रकास पार्नु भएको थियो ।

कार्यक्रममा विद्यालयका शिक्षक टेक बहादुर कुँवरले आजको बचत भविष्यको लगानिको आधार हुने र सानै देखि बचत गर्ने बानीको विकासले भविष्यमा आईपर्ने समस्या सामाधन गर्न सकिने विद्यार्थिहरुलाई सुझाव दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker