स्वास्थ्य क्षेत्रमा महिला स्वयमसेबिकाको ओहम भुमिका छ : जनस्वास्थ्य अधिकृत ढुंगाना

दिनेश केशी,रेडियो बान्नीगढी
१६ औँ महिला राष्टिय स्वयंमसेवक दिवश बान्नीगढी जयगढमा हाजिरिजवाफ प्रतियोगीता गर्दै सम्पन्न भएको छ ।
सुआहाराको प्राबिधिक सहयोग र गाउँपालिकाको आयोजनामा आज अन्तर वडा स्तरिय हाजिरि जवाफ प्रतियोगीता सम्पन्न भएको छ । बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदको अध्यक्षतामा भएको हाजिरिजवाफ प्रतियोगीमा गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत बसन्त रावल जिल्ला ,जनस्वास्थ्य अधिकृत झपटराज ढुंगाना, वडा नम्बर ३ का वडा अध्यक्ष कुल बहादुर सेट्टी,४ का कर्ण ठकुल्ला, ५ का लाल कामी, वाक नेपालका पदाधिकारी,सुवाराका पदाधिकारी, मालिका बिकास संघका पदाधिकारी, वडा नम्बर १ देखि वडा नम्बर ६ सम्मका सम्पुर्ण महिला स्वयंमसेबिका लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा जनस्वास्थ्य अधिकृत झपट राज ढुंगानाले स्वयमसेकीकाले सामजमा सामाजिक भुमिकाको बिषयमा प्रष्ट पार्नु भएको थियो । उहाँले स्वयमसेवक भनेको निस्वार्थ भावनाले समाजसेवा लगायत अन्य सामाजिक कार्यमा संगलग्न रहने र स्वयमसेबिकाको स्वास्थ्य क्षेत्रमा बढी भुमिका रहेको उल्लेख गर्नु भयो ।
आवाज जनकराज ढुंगाना
अन्तराष्टिय स्वयमसेवक दिवशको अवसरलाई लक्षित गर्दै मनाईएको दिवशमा बिहान गाउँपालिकाको कार्यलयमा प्रभातफेरि कार्यक्र गरिएको थियो ।
प्रभातफेरि पश्चात गाउँ नगर महिला स्वयमसेबिका, स्वास्थ्य प्रवद्र्धनमा अहम भुमिका, भन्ने मुल नारा का साथ र्याली सहित बजार परिक्रमा गर्दै गाउँपालिकाको अथिती सत्कार भवनमा हाजिरि जवाफ प्रतियोगीता भएको हो । प्रतियोगीतामा ६ वटा वडाहरुबाट ६ टिमको सहभागीता रहेको थियो ।
जसमा वडा नम्बर ६का महिला स्वयमसेविकाको टिम प्रथम भएको छ । वडा नम्बर २ जनालिकोट द्धृतिय, वडा नम्बर ४ तिमिल्सेन तृतिय र वडा नम्बर ३ बर्दादेबी सान्तवना भएका थिए । भने अन्य २ वडाका महिला स्वयमसेबिकाहरुलाई पनि पुरुस्कार बितरण गरिएको छ । हाजिरि जवाफ प्रतियोगी कार्यक्रमको निमित्त प्रमुख प्रशासकिय अधिकृत बसन्त रावले स्वागत गर्नु भएको थियो ।
क्याटेगोरी : समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस