अछाम प्रहरीद्धारा ७६ लिटर अवैध मदिरा बरामद गरी नष्ट

जिल्ला प्रहरी कार्यालय अछाम मातहत प्रहरी चौकी सान्तडाबाट खटि गएको गस्ति टोलीले अवैध न्युन गुणस्तरर घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ ।
रामारोशन गाँउपालिका ६ का राम बहादुर साउँद र कम्माने साउँदले गाउँपालिका ३ कालापानीबाट ल्याउँदै गरेको ५६ लिटर अवैध न्युन गुणस्तरर घरेलु मदिरा वियन्त्रणमा लिई नष्ट गरेको छ ।
यस्तै प्रहरी चौकी मंगलसेनबाट खटि गएको गस्ति टोलीले मंगलसेन नगरपालिका ५ बाट १५ लिटर अवैध न्युन गुणस्तरर घरेलु मदिरा बरामद गरिएको र ईलाका प्रहरी कार्यालय बगुडा ठाँटीबाट मेल्लेख गाउँपालिका १ लिफ्रु सिरी स्थित स्थानीय पसलहरुमा चेकजाँच गर्ने क्रममा ५ लिटर अवैध न्युन गुणस्तर मदिरा बरामद गरि स्थानीय जनप्रतिनिधीको रोहोवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस