Techie IT

अछाममा परिवार नियोजनका साधन प्रयोग दर न्यून रहेको तथ्यांक


अछामका ९ स्थानमा सञ्चालन भएको परिवार नियोजन शिविरमा जम्मा ६७ जनाले सेवा लिएका छन ।

स्वास्थ्य कार्यालय अछाम र सुनौलो परिवार नेपालको आयोजनामा यहि मंसिर ९ देखी २० गतेसम्म चलेको शिविरमा २४ जना महिलाले मिनिल्याप, ३१ जना पुरुषले भ्याक्सेटोमी र १२ जना महिलाले ईम्प्लान्ट,आईयूसीडी सेवा लिएका हुन ।

९ स्थानमा सञ्चालन भएको शिविरमा ३६ महिला ३१ पुरुषले सेवा लिएका स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरिक्षक झपटराज ढुंगानाले जानकारी दिनुभयो ।

शिविर तुर्माखाँद, कमलबजार, ढकारी, बिनायक, रामारोशनको मुजाबगर, मेल्लेख, चौरपाटी, देवीस्थान र मंगलसेनमा सञ्चालन गरिएको थियो । सबैभन्दा बढी मुजाबगरमा १२ जनाले स्थाई बन्ध्याकरण गराएका थिए भने अन्य स्थानमा न्यून मात्रामा सेवा लिएको उहाँको भनाई छ । प्रजनन् उमेरका ब्याक्तिहरु कामको शिलशिलामा बाहिर हुनु र ईइम्प्लान्ट, आईयूसिडी प्रयोग गर्नेहरु बढी भएकाले पनि स्थाई बन्ध्याकरण गर्नेहरु कम भएको ढुंगानाले जानकारी दिनुभयो ।

अबका दिनमा केही दुर्गम ठाउँमा पनि शिविर सञ्चालन गर्न आवस्यक रहेको उहाँको भनाई छ । जिल्लामा परिवार नियोजनका साधन प्रयोग दर ज्यादै न्यून रहेको तथ्यंक छ । स्वास्थ्य कार्यालय अछामका प्ररमुख झनकराज ढुंगानाका अनुसार ३० प्रतिशतले मात्रै परिवार नियोजनका साधन प्रयोग गर्ने गरेका छन ।


क्याटेगोरी : समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!