रामारोशन गाउँपालिकामा गालि बेईजतीका मुद्धा बढ्दो क्रममा

लैङ्गिकताका आधारमा गरिने हिसा समाज बाट हट्दै जानु पर्ने रामारोशन गाउँपालिकाका उपाध्यक्ष रावलको भनाई 

रामारोशन गाउँपालिका वडा नम्वर ५ रामारोशनमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत महिला हंसा बिरुद्ध जनचेतना मुलक देउडा प्रत्योगिता सम्पन्न भएको छ ।

रामारोशन महिला सञ्जालका अध्यक्ष गंगा देवि साउँदको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष सरस्वती रावल रहनु भएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै उपाध्यक्ष रावलले लंैगिकताका आधारमा गरिने हिंसा समाजबाट हट्दै जानु पर्ने बताउनु भयो । घर बाहीर वा भित्रैबाट थुप्रै हिंसा महिलाले खेप्नु परिरहेकाले आगामि दिनमा न्यायका लागि सबै महिला एक भएर अघि बढनु पर्नेमा जोड दिनु भएको थियो । उहाँले हिंसा भएपछी सहेर नबस्न महिलाहरुलाई आग्रह समेत गर्नु भयो । साथै उहाँले महिलाहरुलाई उद्यमशिल बनाउनको लागी गाउँपालिकाले थुप्रै कार्यक्रम गरेको र आगामी दिनमा पनि महिलाहरुको हितको लागी योजना ल्याएको जानकारी गराउनु भएको थियो । गाउँपालिका भित्रका एकल महिला, आर्थिक अवस्था कमजोर भएका महिला, बिपन्न परिवारका महिलाहरुका लागी बिशेष गरी कार्यक्रम गरीने बताउनु भएको छ ।

कार्यक्रमका बिशिष्ठ अतिथि कार्यबाहक वडा अध्यक्ष शेर बहादुर बोहरा रहनु भएको थियो । कार्यक्रममा वडाका ८ वटा टिमको सहभागीतामा देउडा प्रत्योगिता प्रदशर्न गरीएका थिए । कार्यक्रममा नेपाली काँग्रेसका बिन्द्रा बोहरा, निलकण्ठ माबिका शिक्षक जगत बहादुर साउँद, लाल बाहदुर साउँद, तारामान बुढा, केशर शाह, वडा सदस्य दुर्गा देवि रोकाया, रत्ना देवि टमटा लगाएतको सहभागीता रहेका थियो । रामारोशन महिला सञ्जालका कोषाध्यक्ष गौरी देवि बुढाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन गंगा कुँवरले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker