लैङ्गिक हिँसा बिरुद्धको १६ दिने अभियान पञ्चदेवल बिनायकमा भब्य रुपमा सम्पन्न

नगरपालिकाले कुपर्था न्युनिकरणमा ओहम भुमिका खेल्ने उपप्रमुख चलाउनेको भनाई

दिनेश केशी अछाम

लैगिक हिँसा बिरद्धको १६ दिने अभियान अन्तरगत सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रम पञ्चदेवल बिनायक नगरपालिकामा सम्पन्न भएको छ ।

“समान्ताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यबद्धता “भन्ने मुल नाराका साथ महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत छाउपडी कुप्रथा न्यूनीकरण यसका ,चूनौति महिला माथी हुने हिँसा न्यनिकरणमा सरोकारवालाले खेल्नु पर्ने भुमिका बिषयमा सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रम भएको हो ।

पञ्चदेवल बिनायक नगरपालिकाका नगरप्रमुख देबराज देबकोटाको अध्यक्षतामा बिद्यामन्दिर नमुना माबीको हलमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा पुर्ब साँसद माननिय राम बहादुर विष्ट प्रमुख अथिती रहनु भएको थियो । प्रमुख अथितीको आसनबाट बोल्दै बिष्टले लैंगिकताका आधारमा गरिने हरेक हिँसा न्युनिकरणमा स्थानिय तहहरुले दरिलो कानुन निर्माण गर्ने र हिँसा न्युनिकरणका लागी सबै सरोकारवाला एक जुट भएर लाग्नु पर्ने बताउनु भयो ।

कार्यक्रमका बिशिष्ट अथिती पुर्व सांसद माननिय अक्कल वहादुर विष्टले समाजमा सबै भन्दा बढि महिला हिंसाको चपेटामा पर्ने भएकाले महिला शसक्तीकरणका लागी सबै सरोकारवालाले आफ्नो आफ्नो ठाउँबाट एकरुपताका साथ लाग्नु पर्ने उल्लेख गर्नु भयो ।

कार्यक्रममा अथितीको आसनबाट बोल्दै पञ्चदेवल बिनायक नगरपालिकाकी उपप्रमुख अम्बिका चलाउने आफु बिगत १४ बर्ष देखी घरमै बस्दै आएको कुरालाई अवगत गराउदै सबै सरोकारवालाले पहिले आफै बाट यसको सुरुवात गरे मात्र छुवाछुत रहित समाज र सभ्य समाजको निर्माण हुने चलाउनेले बताउनु भयो । अन्तरक्रिया कार्यक्रमबाट आएका केहि सुझाव सल्लाहलाई ग्रहण गर्दै नगरपालिकाले कुपथा्र न्युनिकरणमा ओहम भुमिका खेल्ने समाजमा जरा गाडेर बसेको लैंगिक हिंसाको जरै देखि निमुलीकरण गर्ने उपप्रमुख तथा न्यायिक समिती संयोजक चलाउनेले प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
आवाज अम्बिका चलाउने

आज भएको अन्तरक्रिया कार्यक्रमा अन्य अथितीहरु प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ ,जिल्ला प्रहरी कार्यलय निमित्त प्रमुख कलेन्द्र शाही, सम्पूर्ण वडाका वडा अध्यक्षहरु ,नेपाल कम्युनिस्ट पाटी नेकपाका नगर अध्यक्ष नितेश रिमाल, नेपालि काङ्ग्रेसका क्षेत्रीय सभापति खेमराज अधिकारी ,राप्रपा का नगर सभापति रण बहादुर शाही,नगर कार्यपालिकाका सदस्य ,निमित्त प्रसासकिय प्रमुख अधिकृत पदम बहादुर माझी ,नगर सभा सदस्य सुरत ब. विष्ट ,पञ्चदेवल क्याम्पस प्रमुख विनिता अधिकारी ,विध्या मन्दिर नमुना मा वि का प्र अ वीर ब. शाही, सम्पुण मावि का प्र अ तथा प्रतिनिधि ,कान्तिपुर सम्पादक दैनिकका पत्रकार मेनुका ढुङ्गाना ,पहाड खबर साप्ताहिक पत्रिकाका पत्रकार रमेश रावत,रेडियो परिवर्तन का प्रतिनिधि , सम्पुुुुण वित्तीय सस्था,गैर सरकारी संस्थाका प्रतिनिधि, समाजसेवी तथा बुद्धिजीवी दिपक वोगटी,लगायत अन्य समाजसेवी बुद्धिजीवी ,पाटीका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । पञ्चदेवल विनायक नगरपालिकाका उपप्रमुख अम्बिका चलाउने को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन भरत अधिकारीले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker