लैङ्गिक हिसा बिरुद्धको १६ दिने अभियान :सरोकारवाला बिच अन्तरक्रिया गर्दै जयगढमा सम्पन्न

दिनेश केशी,रेडियो बान्नीगढी

लैङ्गिक हिंसा आफैबाट हुने भएकाले यसको अन्त्य पनि आफैबाट गर्नु पर्ने बान्नीगढी गाउँपालिकाका कार्यबाहक अध्यक्ष कर्ण ठकुल्लाले बताउनु भएको छ ।

गाउँपालिकाको हलमा सम्पन्न भएको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ठकुल्लाले कार्यक्रमबाट सिकेका कुरा घर नपुग्दै सरोकारवाला ब्यक्तीहरुले बिच बाटोमै बिर्सिने भएकाले त्यस्तो नगर्न सबैलाई आग्रह गर्नु भयो ।

सदियौ देखि कुपर्थाका रुपमा जरा गाडेर बसेको छाउपडी कुपर्था न्यनिकरणमा बान्नीगढी सरकार कटिबद्ध भएर लाग्ने बिश्वास ब्यक्त गर्नु भयो ।
आवाज कर्ण ठकुल्ला

लैगिक हिँसा बिरद्धको १६ दिने अभियान अन्तरगत सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रम बान्नीगढि जयगढ गाउँपालिकामा सम्पन्न भएको छ । महिला माथी हुने हिँसा न्यनिकरणमा सरोकारवालाले खेल्नु पर्ने भुमिका बिषयमा सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रम भएको हो ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष तथा गाउँपालिका कार्यबाहक अध्यक्ष कर्ण ठकुल्लाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष कुल बहादुर सेट्टी, वडा नम्बर ५ का लाल कामी, ६ का कृष्ण कडायत, निमित्त प्रमुख प्रशासकिय अधिकृत बसन्त रावल, गाउँकार्यपालिकाका सदस्य, महिला सन्जालका अध्यक्ष,लगायत महिला अधिकारकर्मी,सुरक्षाकर्मी,सन्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।

लैंगिक हिँसाका बिषयमा सरोकारवालाहरुले खेल्नु पर्ने भुमिकाका बिषयमा जिल्ला सरकारी वकिल कार्यलयका वकिल जय प्रसाद धिताल र सुआहाराका लोक बहादुर नेपालीले प्रस्ट पार्नु भएको थियो । अन्तरक्रिया कार्यक्रममा बाल्दै वकिल धितालले स्थानिय तहहरुमा १६ दिन सम्म मात्रै बिभिन्न कार्यक्रम गरेर लैंगिक हिंसा न्युनिकरण नहुने बताउनु भयो ।

समाजमा हुने बिभिन्न हिंसाका घटनाहरु स्थानियतहहरुमै निर्मुलिकरण गर्नु पर्ने र गम्भिर प्रकृतीका घटना भए जिल्ला अदालत सम्म खुलेर आउन सम्पुर्ण महिलाहरुलाई आग्रह गर्नु भयो । अन्तरक्रियामा बोल्दै सुआहाराका कार्यक्रम संयोजक लोक बहादुर नेपालीले समाजमा महिलामाथी हुने हिँसाका कारण भोग्नु परेको दुःख र पिडाका बिषयमा प्रस्ट पार्नु भएको थियो ।

हिँसा न्युन गर्न सर्बप्रथम आफैबाट सचेत हुन सम्पुर्ण सहभागी सरोकारवालालाई आग्रह गर्नु भयो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बसन्त रावलले स्वागत गर्नु भएको कार्यक्रमको सन्चालन महिला साखा प्रमुख सम्झना पुरीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker