जयगढ रामारोशन सडक निर्माण कार्यको अर्थमन्त्री बोहराद्वारा शिलान्यास

जयगढ रामारोशन ग्रामीण सडक निर्माण कार्यको उद्घाटन गरिएको छ ।
सुदुरपश्चीम प्रदेश सरकारका आर्थीक मामिला तथा योजना मन्त्री झपट बोहराले एक कार्यक्रमका बिच सडक निर्माण कार्यको उ्घाटन गर्नुभएको हो । गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको अध्यक्षतामा भएको सडक निर्माण कार्यक्रममा अर्थमन्ती बोहरा प्रमुख अतिथि रहनु भएको थियो ।
सडक निर्माण कार्यक्रमको उद्घाटन पश्चात भएको भेलामा बोल्दै प्रमुख अथिति अर्थमन्त्री बोहराले जयगढ रामारोशन ग्रामीण सडक समृदिको आधारशिलाका रुपमा रहेकोमा जोड दिदै सडक निर्माण कार्य सम्पन्न गर्न सहयोग गर्नु सवैको दायीत्व हुने बताउनु भएको छ । जयगढ रामारोशन ग्रामीण सडक निर्माणका लागी आवश्यक बजेट व्यवस्था गरिएको र सडक निर्माण कार्य समयमै सम्पन्न गर्नपर्नेमा आफु सजग रहेको मन्त्री बोहराले उल्लेख गर्नु भयो । यस्तै अछाममा अन्य ग्रामीण सडक निर्माणका लागी प्रदेश सरकारले आवश्यक बजेट बिनियोजन गरि प्रकृया अगाढि बढाईएको बताउदै उहाले अछाम समृद्ध बन्न धेरै समय पर्खीनु नपर्ने दावी गर्नु भयो ।
बाईट १ बोहरा
यस्तै उहाले प्रदेश सरकारले काम गर्न नसकेको आरोपको खण्डन गर्दै सुदुरपश्चीम प्रदेश सरकार आफ्ना नियमित कामकाजमा अव्वल रहेको र अन्य प्रदेशको तुलनामा उत्कृष्ठ रुपमा अगाढि बढिरहेकाले छोटो समयमै ठुलो परिणाम खोज्न नहुनेमा जोड दिनुभयो । उहाले छाउपडि कु प्रथाका कारण अछाम बदनामीत हुदै गएकोमा चिन्ता समेत व्यक्त गर्नु भएको छ । जरा गाडेर बसेको यो प्रथा न्युनिकरणका लागी सयमै सचेत भई हुन सक्ने क्षेती न्युनिकरण गर्न सवैले लाग्नुपर्नेमा मन्त्री बोहराले जोड दिनु भएको छ ।
बाईट २ बोहरा
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउद बिशिष्ट अथिति रहनु भएको थियो भने समाजसेवी टेक बहादुर साउद ,वडा अध्यक्ष लगायत राजनितिज्ञ समाजसेवी लगायतको सहभागीता रहेको थियो । वडा अध्यक्ष लाल कामीले स्वागत गर्नु भएको कार्यक्रमको संचालन गाउँपालिकाका स्वास्थ्य सेवा शाखा प्रमुख बसन्त बहादुर रावलले गर्नु भएको थियो ।
क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस