बान्नीगढि जयगढ गाउँपालिका ४ तिमिल्सेनमा गत बर्षको सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न

बान्निगढी जयगढ गाँउपालिका वडा नं ४ तिमिल्सेनको आर्थिक बर्ष २०७५(०७६ को सार्बजनिक सुनाई कार्यक्रम सम्पन्न भएको छ । आज वडा कार्यालयको प्रांगणमा खुल्ला रुपमा सार्बजनिक सुनाई कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष कर्ण ठकुल्लाले गत बर्ष वडामा रकम बिनियोजन भई सन्चालन भएका योजना तथा कायक्रमको सबै नागरिकले छर्लगंहुने गरि वडाले सार्बजानिक सुनुवाई गरेको बताउनु भयो ।

सन्चालन भएका योजनाहरुबाट सहभागीका गुनासाहरुलाई सम्बोधन गर्दै वडा अध्यक्ष ठकुल्लाले कामको पारदर्सीता र गत बर्ष सम्पन्न भएका योजना कार्यन्वयनमा भएगरेका चुनौती र उपलब्धीलाई प्रस्ट पार्नु भएको छ । सहभागीहरुका केहि सुझाव सल्लाहलाई ग्रहण गर्दै वडाध्यक्ष ठकुल्लाले यसलाई मार्गनिर्देशनको रुपमा लिने र वडामा हुनेगरेका बिभिन्न योजनाहरुमा पारदर्सीताकालागी अनुगमनमा जोड दिने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

BITE KARNA THAKULLA

 

वडा अध्यक्ष कर्ण ठकुल्लाको अध्यक्षतामा भएको कार्यक्रममा सम्पुर्ण वडा सदस्यहरु, नेपाल कम्युनिष्ट पार्टीका वडा कमिटी अध्यक्ष रंग ठकुल्ला, नेपाली कांगे्रशका पे्रम भुल, बुद्धिजिबी , समाजसेबि,स्वास्थ्यकर्मी,शिक्षक लगाएतको सहभागीता रहेको थियो । कार्यक्रममा गत बर्ष वडामा भएको सम्पुर्ण आएब्यको प्रतिबेदन वडा सचिब तिलक ठकुल्लाले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमका सहभागीहरुले वडा नं ४ ले सार्बजनिक सुनाई कार्यक्रम गरेर जनतालाई सुशासनको प्रत्याभुति दिलाएको भन्दै खुसी ब्यक्त गरेका थियो । वडा सदस्य भुपेन्द्र खत्रीले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको सन्चालन नारद तिमिल्सेनाले गर्नु भएको थियो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker