Techie IT

बान्नीगढि गाउँ कार्यपालिकाको बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न


बान्नीगढि जयगढ गाउँपालिका गाउँ कार्यपालिकाको बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको अध्यक्षतामा बिभिन्न निर्णय गर्दै कार्यपालिका बैठक सम्पन्न भएको हो ।

बैठकबाट सुदुरपश्चिम प्रदेश सरकारबाट विशेष अनुदान र समपुरक अनुदान अन्तर्गत माग गरिने योजनाको टुँगो लगाईएको छ । प्रदेश सरकारले माघ मसान्त भित्र विशेष अनुदानका लागी सिफारिस पेश गरि सक्न सुचना जारी गरेसँगै कार्यपालिका बैठकले माग गरिने योजनाको टुँगो लगाएको हो ।

यसै बिच कार्यपालिका बैठकमा जयगढमा देखिएको खानेपानी समस्या समाधान गर्न ब्यावस्थापन समिती संग छलफल गरि तत्काल व्यवस्थापन गर्ने लगायतका निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सैलेशराज ढुंगानाले बताउनु भएको छ ।

कुराकानी: शैलेशराज ढुंगाना


क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!