एक वर्षपछि सञ्चालनमा आयो स्वास्थ्य चौकी विनायकको एम्बुसलेन्स

थन्किएको एम्बुलेन्स मर्मत भएपछि स्थानीयद्धारा खुशी ब्यक्त

स्वास्थ्य चौकी विनायकको एम्बुसेन्स मर्मत गरी थन्कीएको एक वर्षपछि नियमित सञ्चालनमा आएको छ ।

स्वास्थ्य चौकीको नाममा रहेको एम्बुलेन्स बिगत एक वर्षअघि बिग्रीएका कारण बन्द अवस्थामा थियो । बिग्रिएको एम्बुलेन्स मर्मतका लागि नेपालगञ्ज लगिएको थियो ।

तत्कालिन नेकपा माओबादी केन्द्रबाट समानुपातिक सांसद रहनुभएका जानकी साउद रावलको पहलमा स्वास्थ्य चौकी विनायकको नाममा एम्बुलेन्स खरीद गरिएको थियो ।लामो समय बिग्रिएर थन्किएको एम्बुलेन्स मर्मत भएपछि स्थानीयहरु खुशी भएका छन् ।

हाल एम्बुलेन्स नगरपालिकाको निगरानीमा सञ्चालन भैरहेको निमित्त प्रमूख प्रशासकिय अधिकृत पदम माझीले जानकारी दिनुभयो । माझीका अनुसार अब एम्बुलेन्स नियमित रुपमा नगरको मातहतमा सञ्चालन गरीने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker