कोरोना सङ्क्रमण : १६ सयको मृत्यु

चीनमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या आइतबारसम्ममा एक हजार ६ सय ६५ पुगेको छ।
चिनियाँ स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो एकै दिनमा थप १४२ जनाको मृत्यु भएको हो।
उनीहरुले कोरोनाको सङ्क्रमण थप दुई हजार नौ जनामा देखिएको पनि जानकारी दिएका छन्।
सङ्क्रमितहरु चीनका ३१ वटा प्रान्तका रहेका छन्।
थप मृत्यु भएका मध्ये १३९ जना हुवेइ प्रान्तका रहेका छन् भने सिचुवान प्रान्तका दुई र हुनान प्रान्तका एक जना रहेका छन्।
चिनियाँ स्वास्थ्य आयोगका अधिकारीहरुले शनिबार मात्रै थप १९ सय १८ जना नयाँ सङ्क्रमणको आशंका गरिएको छ।
सङ्क्रमितमध्ये २१९ जना शनिबार थप गम्भीर बिरामी भएका छन् भने १३ सय २३ जना स्वास्थ्यमा सुधार आएपछि घर फर्किएका छन्।
कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरुको कुल संख्या अहिलेसम्म ६५ हजार ५०० पुगेको अधिकारीहरुले जानकारी दिएका छन्।
उनीहरुले ११ हजार २७२ जनाको अवस्था सुधार उन्मुख रहेको पनि बताएका छन्। त्यसैगरी ८ हजार २२८ जनामा आशंका गरिएको छ।
सङ्क्रमित भएर उपचार गराइएका मध्ये अहिलेसम्म ९४ हजार १९ जना उपचारपछि घर फर्किएका छन्।
आयोगले ५ लाख २९ हजार ४ सय १८ बिरामी नियमित सम्पर्कमा रहेको जनाएको छ।
यो भाइरसको सङ्क्रमण सन् २०१९ को डिसेम्बरमा चीनको उहानबाट देखिन थालेको हो भने यसको पहिचान पहिलो पटक डिसेम्बर ३१ मा भएको थियो। रासस
क्याटेगोरी : समाचार, स्वास्थ्य


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस