Techie IT

वडा अध्यक्षको हत्यारा पत्ता लगाई छानबिन गर्न बिनायकमा सर्बपक्षिय भेला


तपेन्द्र धामी,अछाम

पन्चदेवल विनायक नगरपालिकामा आज सर्वपक्षिय भेला सम्पन्न भएको छ ।

माघ २० गते पन्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष स्वर्गीय पदम बहादुर धामीको विभत्स हत्याको छानविन गर्न सर्वपक्षिय भेला सम्पन्न भएको हो ।

मानव अधिकार तथा शान्ती अछामको आयोजनामा तथा अछामका सभापति हिक्मत बहादुर धामकिो अध्यक्षतामा भएको कार्यक्रममा पन्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख देवराज देवकोटा प्रमुख अतिथी रहनुभएको थियो ।

प्रमुख अतिथीको आसनबाट बोल्दै नगर प्रमुख देवकोटाले गत माघ २० गते पन्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष स्वर्गीय पदम बहादुर धामीको विभत्स हत्याको छानविनको लागी आफु र सिँगो नगर लागिपरेको बताउनुभयो । नगर प्रमुख देवकोटाले कुनैपनि राजनितिक दलले दल नहेरेर सहयोग गरिरहेको र प्रहरीको अनुसन्धान टोलीले पनि शुक्ष्म अध्ययन गरिरहेको समेत बताउनुभयो ।

कार्यक्रममा कमलबजार नगरपालिकाका नगरप्रमुख ओमप्रकाश विष्टले प्रहरीको अनुसन्धान टोलीले अहिले सम्म गरेका क्रियाकलापको जानकारी गराउनुपर्ने बताउनुभयो । नेकपा जिल्ला कमिट िअछामका सदस्य बखत बहादुर कडायत र पन्चदेवल विनायक नगरपालिका वडा नम्बर २ कावडा कमिटी अध्यक्ष कृपा बहादुर धामीले मानव अधिकार तथा शान्ती अछामले आज गरेको कार्यक्रम माघ २१र२२गते गरिसक्नुपर्ने र आजको कार्यक्रम असाध्यै ढिला भएको धारणा राख्नुभयो ।

 

नेपाली काँग्रेस अछामका क्षेत्रिय सभापति लक्ष्मण बहादुर शाहले गत माघ २ण् गते भएको वडाध्यक्षको हत्याको यथासिघ्र छानविन गर्नको लागी मानव अधिकारबादी संस्थाहरुले सहयोग गर्न आग्रह गनुृभयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस क्षेत्र नम्बर २ अछामक सचिब टंक बहादुर धामी र पिडित परिवारक सदस्य दिपेन्द्र बहादुर धामीले पिडित परिवार संग कुनै सल्लाह नै नगरी नगर कार्यपालिकाले नगरपालिका बन्द गरेको र आफै नगरपालिकाको सेवा सुचारु गर्ने कुरा अगाडी बढाउनु भनेको लाज्यास्पद कुराभएको बताउनुभएकोथियो । पिडित परिवारको तर्फबाट स्वर्गिय धामीका भाई राम बहादुर धामीले मानव अधिकार तथा शान्ती समाज अछामलाई हत्यारा पत्ता लगाई पिडितलाई न्याय दिनुभन्दा पनि नगरपालिका खोल्ने कुरामा मानव अधिकार तथा शान्ती समाज चिन्तीत रहेको होकि भन्ने दुखेसो पोख्नुभयो ।

कार्यक्रममा कमलबजार् नगरष्पालिकाका नगर उप प्रमुख भूमिशरण ढकाल बजगांई, पन्चदेवल विनायक नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष पूर्ण बहादुर रावल, नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका सदस्य शिबराज खत्री, जाल्पेश्वरी माद्यामिक विद्यालय कुईकाका प्रधानाध्यापक नवराज न्यौपाने,समाजसेवी नवराज देवकोटा,महेन्द्र विष्ट लगायतले छलफलमा आ आफ्नो धारणा राखेका थिए ।

यस्तै छलफलमा विभिन्न व्यक्तिहरुले प्रहरी संग राखेका प्रश्नको जवाफ दिदै ईन्सपेक्टर रमेशदत्त अवस्थीले प्रहरीले निरन्तर घटनाबारे अनुसन्धान गरिरहेको र अनुसन्धानको रिर्पाेट दोसीलाई कटघेरामा नउभ्याय सम्म गोप्य राखिने हाल सम्म पनि प्रहरीले शुक्ष्म अध्ययन गरिरहेको बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथी मानव अधिकार तथा शान्ती समाजका केन्द्रिय सचिब मदन कुँवरले दोशी पत्ता लगडाउन मानव अधिकार तथा शान्ती समाज निरन्तर लागी रहेको बताउनुभएको थियो । कार्यक्रममा पन्चदेवल विनायक नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझी,सम्पूर्ण वडाका वडा अध्यक्षहरु,नगरकार्यपालिकाका सदस्यहरु,नगरसभाका सदस्यहरु,नेपाल पत्रकार महासंघ अछामका कार्यबाहक अध्यक्ष खम्म खत्री,राजनितिक दलका प्रमुख तथा प्रतिनिधीहरु,शिक्षक व्यापारी समाजसेवी बुद्धिजिवीहरुको उपस्थिती रहेकोथियो । कार्यक्रमको सन्चलन नेपाल पत्रकार महासंघ अछामका सह सचिब तपेन्द्र बहादुर धामीले गर्नुभएकोथियो ।

 


क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!