अछाममा जीप दुर्घटना १३ जना घाईते,३ को अवस्था गम्भीर

अछाममा जीप दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । घाईतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । जिल्लाको ढकारीबाट मंगलसैन तर्फ आउँदै गरेको जीप कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तिबाँझमा दुर्घटना हुँदा चालक सहित १२ जना घाईते भएका हुन् ।

से १ ज ९१० नम्बरको जीप आज करिब १२ बजेतिर सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी दीपक भारतीले जानकारी दिनुभयो । दुर्घटनामा परी घाईते भएका मध्ये ३ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

घाईतेको अहिले जिल्ला अस्पताल मंगलसैनमा उपचार भैरहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भैरहेको छ । तीब्र गति र बर्षाका कारण सडक चिप्लो भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker