छाउगोठ अबस्थाबारे दोस्रो चरणको सघन अनुुगमन र अन्तरक्रिया मंगलैनमा सम्पन्न

नगरपालिकालाई छाउपडी गोठमुक्त घोषणा गर्ने उद्देश्यले मंगलसेन नगरपालिकाका १४ वटै वडामा पहिलो चरणमा असुरक्षित छाउगोठ भत्काईसकेपछि दोस्रो चरणमा छाउगोठको अबस्थाबारे सघन अनुुगमन र अन्तरक्रिया कार्यक्रमको समापन गरिएको छ ।

नगरका १४ वटै वडामा नगरपालिकाबाट खटिएको अनुुगमन टोलि, टोल बिकास संस्था, आमा समुह, महिला स्वास्थ्य स्वयम सेविका, प्रहरी, पत्रकार सहितको टोलिले स्थानिय र सरोकारवाला, धामी झाँक्री, जेक्ष्ठ नागरिक लगायतसंग छाउगोठ भत्काई सकेपछिको अवस्था र जनचेतनामुलक कार्यक्रम गर्दै छाउप्रथा मान्ने र मान्न लगाउनेलाई हुने सजायका बारेमा जानकारी गराउदै अभियानको समापन गरिएको हो । अभियान अन्तरगत नगरका १२ वडामा अनुगमन र अन्तरक्रिया गरिसके पछि आज वडा नम्बर ६ र ७ मा छाउपडी गोठको अवस्था बारेमा अनुगमन र अन्तरक्रिया गर्दै अभियानको समापन गरिएको नगरपालिकाले जनाएको छ ।

अभियान अन्तरगत नगरको वडा नम्बर ७ मा स्थलगत अनुुगमन सहीत टोलमा अन्तरक्रिया गरेको छ । वडा अध्यक्ष सिद्ध राज भाटको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी संविधान सभा सदस्य भैरे कामी रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी कामिले छाउप्रथा स्थानीय तहले मात्र अन्त्य गर्न नसक्ने भन्दै सबैको साथ र सहयोगको आवश्यकता औँल्याउनुभएको छ । छाउ हुनु नियमित प्रक्रिया भएकाले पाप सोचेर गोठमा पठाउने प्रथाको अन्त्य हुनुपर्ने बताउनुभयो ।

उहाले विशेष गरि महिलाहरु लाई छाउपडी गोठमा पठाएर मृत्युुको मुखमा पुर्याउनेकाम नगर्न आग्रह गर्नुभएको थियो । यसैबिच संविधान सभा सदस्य कामिले कोहि कसैले आगामी दिनमा छाउ प्रथा मानेर गोठमा पठाएको पाईएमा आफू उजुर गर्ने प्रतिबद्धता सहित चेतावनी समेत दिनुभयो । कार्यक्रममा बिशिस्ट अतिथी नगरपालिका उप प्रमुख सरिता उपाध्यायले छाउ प्रथा मान्ने र मान्न लगाउने लाई कानुन अनुशार कारबाही गरिने बताउनुभएको छ ।

छाउगोठमा बस्ने, पाल हालेर बस्ने र बस्न लगाउनेलाई अब कानुनले नछोड्ने र नगरपालिका तथा वडाबाट पाईने सुविधा बाट बञ्चित गरिने उहाँको भनाइ छ । यस्तै अन्तरक्रियामा बोल्दै नगर उपप्रमुख उपाध्यायले छाउप्रथा नभएर छाउगोठ प्रथा अन्त गर्नका लागि सघन रुपमा अभियान चलेकाले सबैले एकसाथ सक्रिय भएर लाग्नको लागि अनुरोध गर्नुभयो । उहाले नगरका सबै वडामा सघन अनुगमन गरिसको र फागुन मसान्तसम्म जिल्लालाई नै गोठमुक्त घोषणा गर्ने लक्ष्य रहेको भन्दै नगरले पनि अभियान अगाडि बढाएर २५ गते नगरलाई घोषणा गरिने जानकारी गराउनुभयो ।

छाउभएको समयमा विशेष गरि सरसफाइमा ध्यान दिएर सुरक्षित रुपमा घरमै बस्नको लागि सहभागी महिलाहरु सक्रिय हुन आग्रह गर्नुभयो । उहाँले आगामी दिनम पनि छाउपडी गोठमा बसेको भेटिएमा कसैलाई पनि छुट नदिने भन्दै जेलमा पठाउन बाध्य हुने चेतावनी समेत दिनुभएको छ ।

अनुगमन कार्यक्रम मंगलसैन नगरपालिका वडा नम्बर ६ मा पनि सकिएको छ । कार्यक्रममा वडा नम्बर १३ बस्तिका वडा अध्यक्ष प्रेम बहादुर थापा, वडा नम्बर १० का अध्यक्ष नेत्र रावल, वडा नम्बर ११ का अध्यक्ष डबल सिंह भण्डारि लगायत कार्यपालिका सदस्य, रेडियो रामारोशनका शंकर थापा, नगरपालिकाका बिभिम्न शाखाका कर्मचारी, प्रहरी, महिला स्वास्थ स्वयमसेबिका, आमा समूह, शिक्षक, युवा, बालक्लब लगायत स्थानियहरुको सहभागिता रहेको थियो । अनुगमनको क्रममा अधिकाश वडाहरूमा पुर्णरूपमा छाउगोठहरू भत्काएर महिला तथा किशोरीहरू सुरक्षित तरिकाले बसेको पाईएको छ ।

कार्यक्रममा सहभागी स्थानीयले नगरले अघि बढाएको छाउगोठ मुक्त पालिका घोषण गर्न आ आफ्नो क्षेत्र बाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । महिला वडा सदस्य जमुना जैशिको स्वागत मन्तब्य बाट सुरुभएको अन्तरक्रिया कार्यक्रमको संञ्चालन महिला तथा वालवालिका शाखा प्रमुख मन्जु महतले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker