छाउपडीविरुद्ध सरकारी अभियान : अछाममा करिब ५ हजार छाउगोठ भत्काइयाे

सरकारले छाउपडी उन्मूलनका लागि आठ हजारभन्दा बढी छाउगोठ भत्काएको छ। छाउप्रथाको नाममा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रका महिलाले कष्टकर जीवन र विभेद भोगेपछि सरकारले पुस ९ गते छाउगोठ भत्काउने निर्णय गरेअनुुसार हालसम्म आठ हजार ६१७ छाउगोठ भत्काइएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार फागुन १५ गतेसम्म सुदूरपश्चिम प्रदेशमा छ हजार ३८२ र कर्णाली प्रदेशमा दुई हजार २३५ छाउगोठ भत्काइएको छ। हालसम्म सबैभन्दा धेरै अछाम जिल्लामा चार हजार ८९७ र सुर्खेतमा एक हजार ९२४ छाउगोठ भत्काइएको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले बताए।
यस्तै बाजुरामा ५१०, डोटीमा ३४२, कैलालीमा २७३, दैलेखमा २५९, कञ्चनपुरमा १९७, बझाङमा १४०, जाजरकोटमा ३०, कालिकोटमा २०, डडेल्धुरामा २३ र सल्यानमा दुई छाउगोठ भत्काइएको छ।
यसैगरी कर्णाली र सुदूरपश्चिमका ९६५ घरपरिवारलाई छाउपडीसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। यसमा कर्णाली प्रदेशमा ४९९ र सुदूरपश्चिम प्रदेशमा ४६६ घरपरिवार रहेका छन्। सरकारले छाउगोठसम्बन्धी जनचेतना फैलाउन रु एक करोड विनियोजनसमेत गरेको थियो। यस्तै सरकारले छाउगोठ राख्ने व्यक्तिलाई सरकारले दिने सेवासुविधामा समेत रोक लगाउने निर्णय गरेको थियो। दिनेश खबरबाट
क्याटेगोरी : समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस