नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन पुग्यो

नेपालमा कोरोना भाइरस ९कोभिड १९० बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले बुधबार सूचना प्रकाशित गरेर कोरोनाका थप एक नयाँ बिरामी भेटिएको जनाएको छ । तर उनी विदेशबाट आएका या नेपालमै रहेका भन्ने मन्त्रालयले खुलाएको छैन ।
यसअघि एक जनालाई कोरोना लागेर निको भएको थियो भने चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा पनि सङक्रमण देखिएको थियो । उज्यालो अनलाइनबाट