कोरोनाको आशँका भएकाहरुको सवै उपचार खर्च पालिका व्यहोर्छ : अध्यक्ष बोहोरा

बिश्वनै कोरोनाको सन्त्रासमा आक्रान्त बनिरहेका बेला अछामको मेल्लेख गाउँपालिकाले पनि उच्च सतर्कता अपनाइरहेको छ ।
कोरोना संक्रमणको उच्च जोखिमलाई न्युनिकरण गर्न गाउँपालिकाले बिशेष सावधानी अपनाइरहेको मेल्लेख गाउँपालिका अध्यक्ष लोक बहादुर बोहोराले बताउनु भएको छ ।
केहि दिन अघि गाउँकार्यपालिका बैठकले औषधी लगायत स्वास्थ्य सामाग्री खरिदका लागी १० लाख बजेट बिनियोजन गरेको र गाउँपालिका भरि स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरु खटाई कोरोना संक्रमण बिरुद्ध सन्देशमुलक सामाग्री प्रसारण गरिएको उहाँले बताउनु भयो ।
छिमेकी मुलुक भारत लगायत अन्य देशबाट गाउँपालिका प्रबेश गरेका नागरिकको पनि तथ्याङ्क संकलन गर्ने कार्य सबै वडा अध्यक्षहरुलाई निर्देशन दिइसकेको र बुधबार सबै तथ्याङ्क संकलन गरि सक्ने उहाँको भनाई छ ।
गाउँपालिकामा माहामारीको रुपमा फलिए वा कसैलाई कोरोनाको संक्रमणकाे आशँका देखिए त्यसको सम्पुर्ण उपचार खर्च गाउँपालिकाले बेहोर्ने भएकाले कसैले नआत्तिएर घर भित्रै बसिरहन आग्रह गर्नु भएको छ ।
बिश्व महामारीको चपेटामा परिरहेका बेला यो कठिन घडीमा सबैले आफ्नो आफ्नो ठाउँबाट सरकारले जारी गरेका निर्देशनहरु पालना गर्न गाउँपालिकाबासी आम नागरिकलाई अनुरोध गर्नु भएको छ ।