कोरोना संक्रमण रोकथाममा गाउँपालिकाले उच्च सतर्कता अपनाएको छ : उपाध्यक्ष रावल

कोरोना भाइरस संक्रमण रोकथामका लागी रामारोशन गाउँपालिकाले बिशेश सावधानी अपनाइरहेको छ ।

संक्रमण रोकथाम तथा नियन्त्रणका लागी करिब १ सय जना ब्यक्ती अटाउने गरि रामारोशन गाउपालिकाले क्वारेण्टाइन स्थापना गरिसकेको गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिनु भएको छ ।

गाउँबासीमा सचेता अपनाउनका लागी प्रत्यक वडामा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनु भयो ।

कोराना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागी गाउँपालिकामा आवश्यक सामाग्री तयारी अवस्थामा राखिएको रावलको भनाई छ ।

भारतबाट गाउँपालिका प्रवेश गरेका आम नागरिकको तथ्यांक संकलन गर्ने काम भइरहेको र तथ्यांक संकलन पश्चात उनिहरुलाई उच्च निग्रानीमा राखिने उहाँले उल्लेख गर्नु भयो ।

सरकारकारले गरेका सबै निर्देशनहरु आफ्नो र आफ्नो स्वास्थ्यको हितका लागी भएकाले गाउँपालिकाबासी आम नागरिकले पालना गर्न पनि उपाध्यक्ष रावलले आग्रह गर्नु भएको छ ।

विश्वनै महामारीको चपेटामा परिरहदा गाउँपालिकाबासी आम नागरिकले होम क्वारेण्टिन अर्थात एकान्त बासमा उच्च सतर्कता सहित बसिदिन उपाध्यक्ष रावलले अनुरोध गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker