Techie IT

लगडाउनको पुर्ण रुपमा पालना गर्न वडा अध्यक्ष कडायतको आग्रह


खेमराज ओझा, चैत्र २२ , अछाम

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ६ दर्नाका बिभिन्न टोलहरुमा साबुन वितरण गरीएको छ ।

विश्वभरी माहामारीको रुपमा फैलिरहेको कोनाभाईरसको संक्रमण फैलीन नदीन र नियमित रुपमा सरसफाई गर्न वडाका बिभिन्न टोलहरुर्मा सावुन बितरण गरिएको हो ।

बान्नीगढी जयगढ गाउँपालिकाले वडा कार्यालयलाई हस्तान्तरण गरेका सावुन दर्नाका सवै टोलका सवै घरधुरीमा वडा अध्यक्ष कृष्ण कडायतले बितरण गर्नु भएको हो ।

वडा अध्यक्ष कडायत सँगै स्वास्थ्य चौकी दर्ना र पन्चदेवल अनुरा युवा क्लवको समन्वयमा घरदैलोमै पुगेर सावुन बितरण गरिएको बताईएको छ । सावुन बितरण गर्दै वडा अध्यक्ष कडायतले लगडाउनलाई पुर्ण रुपमा पालना गरी अनावश्यक काम बाहेक घरबाहिर नआउन अनुरोध समेत गर्नुभयो ।

साबुन वितरणका क्रममा स्थानीयहरुलाई कम्तिमा २० सेकेण्ड मिचिमिचि हात धुन अनुरोध गर्नुका साथै भारतबाट आएकाहरुलाई कम्तिमा १४ दिनसम्म घरका अन्य सदस्यसँग लसपस नहुनेगरी सेल्फ क्वारेन्टाइनमा बस्न पनि उहाकाले आग्रह गर्नु भएको छ ।

साबुन वितरणमा वडा अध्यक्ष कृष्ण बहादुुर कडायत, स्वास्थ्य चौकी दर्नाका ईन्चार्ज नारायण रिमाल र युवा क्लवका खेमराज ओझाको सहभागीता रहेको थियो


क्याटेगोरी : समाचार, स्थानीय, स्वास्थ्य

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस