एका बिहानै थपिए १६ जना नयाँ संक्रमित

पोखरा – गण्डकी प्रदेशमा आइतबार बिहान १६ नयाँ संक्रमित थपिएका छन् । प्रदेशका ४ जिल्लामा १६ नयाँ संक्रमित फेला परेका हुन् ।स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार बागलुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित फेला परेका हुन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विहान ५ः४५ बजे सार्वजनिक गरेको विवरण अनुसार बागलुङको गलकोट नगरपालिकामा ४, ढोरपाटन नगरपालिकामा १, काठेखोला गाउँपालिकामा ३ र बागलुङ नगरपालिकामा १ रहेका छन् । बागलुङका ९ संक्रमितमध्ये सबै जना पुरुष हुन् ।
यस्तै, रघुंगंगा गाउँपालिका म्याग्दीका दुई महिला, एक पुरुष तथा मंगला गाउँपालिकाका एक पुरुष गरि म्याग्दीमा ४ जनामा कोरोना पुष्टि भएको छ । तनहूँको ऋषिङ गाउँपालिकामा एक पुरुष र पर्वतको कुश्मा नगरपालिकामा दुई पुरुष गरि आइतबार १६ नयाँ संक्रमित थपिएका हुन् । शनिबार मुस्ताङमा पनि एक संक्रमित थपिएसँगै गण्डकीको एघारै जिल्लामा कोरोना संक्रमण पुगेको छ । पटिल्लो अपडेटअनुसार १६ नयाँ संक्रमित थपिएसँगै प्रदेशको कुल संक्रमित संख्या ५ सय ४ पुगेको छ । रातोपाटीमा लेखिएको छ ।
क्याटेगोरी : समाचार, समाज, सूचना प्रबिधि, स्थानीय, स्वास्थ्य


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस