Techie IT

सुदुरपश्चिममा कोरोनाले लियो उग्र रुप,यस्तो छ अवस्था


७ असार, कैलाली । सुदूरपश्चिम प्रदेशमा चैत मसान्तसम्म तीव्र गतिमा कोरोना संक्र,मण बढेको थियो । चैत २२ गतेसम्म नेपालमा ९ जना संक्रमित भेटिएका थिए । तीमध्ये ४ जना संक्र,मित सुदूरपश्चिमकै थिए । बैशाख १ गते कैलालीमा थप एक जनामा सं,क्रमण देखियो । चैत मसान्तसम्म तीव्र रुपमा बढेको सं,क्रमण त्यसपछि एक महिना बढी समय शून्य जस्तै भयो । फेरि पछिल्लो एक महिनामा भने सुदूरपश्चिममा कोरोना संक्रमणको दर तीव्र बनेको छ ।

शनिबारसम्म प्रदेशका ९४८ जना कोरोना सं,क्रमण पुष्टि भइसकेको छ । कैलालीमा २२९, डडेल्धुरामा १७१, बैतडीमा १४०, डोटीमा १३३, कंचनपुरमा ९६, अछाममा ७६, बाजुरामा ७०, बझाङमा २१ र दार्चुलामा १२ जना कोरोना संक्रमित फे,ला परेका छन् । प्रदेशमा मृ,त्यु भएका ५ जनामा समेत कोरोना सं,क्रमण पुष्टि भइसकेको छ । तीमध्ये बाजुराकी ३ वर्षीया बलिका र कैलाली गोदावरीका ४६ वर्षीय पुरुषको कोरोना संक्रमण बाटै मृ,त्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मृ,त्यु पछि संक्रमण पुष्टि भएका धनगढीकी ५५ वर्षीया महिलामा मिर्गौलासम्बन्धी समस्या र लम्कीचुहाकी ४३ वर्षीया महिलामा टाउकोको समस्या रहेको स्वास्थ निर्देशक गुणराज अवस्थीले बताए । एक साता पहिलो बाजुरामा आ,त्मह,त्या गरेका ५५ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको थियो ।


क्याटेगोरी : समाचार, समाज, सूचना प्रबिधि

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!