२१ वर्षीया सुत्केरीलाई कोरोना पुष्टि भए पछि गुल्मीका ३ गाउँ सिल

७ असार, गुल्मी । गुल्मीको गुल्मी दरबार गाउँपालिकामा एक जना सुत्केरीमा कोरोना संक्र,मण पुष्टि भएपछि तीन वटा गाउँ सिल गरिएको छ । गुल्मी दरबार गाउँपालिका वडा नं। ७ की २१ वर्षीया सुत्केरीमा शनिबार कोरोना पुष्टि भएको थियो । गुल्मी दरबार गाउँपालिकाका वडा नम्बर ७ का अध्यक्ष टोपबहादुर बस्नेतले शनिबारै सूचना जारी गरी रोटेपानी, उखाप र रिपाहावासीलाई घरबाहिर ननिस्किन तथा बाहिरी मानिसहरुलाई पनि प्रवेश गर्न नदिन आह्वान गरेका छन् । ती महिलालाई आरडिटी पोजेटिभ देखिएपछि दुई दिनअघि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा रिफर गरिएको थियो । लुम्बिनी मेडिकल कलेज प्रभासबाट स्वाब संकलन गरेर भैरहवा पठाएकोमा शनिबार पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
उनका श्रीमान भारतबाट जेठ ११ गते गाउँ आएका थिए । १४ दिन क्वारेन्टिनमा बसेपछि जेठ २७ गते आरडिटी नेगेटिभ आएकाले उनलाई घर पठाइएको थियो । त्यसको ११ दिनपछि उनकी श्रीमतीमा कोरोना संक्र,मण पोजेटिभ देखिएको गुल्मी दरबार गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी दिए । अब कन्ट्याक्ट ट्रेसिङ्गका आधारमा परिवारका अन्य सदस्यहरुको पनि कोरोना परीक्षण गरिने अर्यालले बताए । राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा शनिवार मात्रै गुल्मीको रेसुङ्गा नगरपालिकामा १८ जना, गुल्मी दरबार गाउँपालिकामा १ जना र छत्रकोट गाउँपालिकामा १ जना गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
गुल्मी जिल्लामा हाल कोरोना संक्रमितको संख्या १७४ पुगेको छ । ६ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने कोरोनाबाट ३ जनाको मृ,त्यु भइसकेको छ । जिल्लाबाट एक हजार २६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा चार सय २९ जनाको रिपोर्ट आउन बाँकी छ । अनलाईन खबरबाट साभार
क्याटेगोरी : समाचार, समाज, सूचना प्रबिधि, स्वास्थ्य
धेरै पढिएका
ताजा अपडेट
- १ मेल्लेखको समृद्धिका लागी यस्ता छन् गाउँपालिका अध्यक्ष साउँदका योजना (कुराकानी सहित)
- २ डोटीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला
- ३ बैतडीमा ३५ सय बढी उद्योग दर्ता
- ४ कैलालीका उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च
- ५ कैलालीको टीकापुर नगरपालिकामा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु
- ६ आज साउन महिनाको अन्तिम सोमवार, शिवालयमा दर्शनार्थीको भिड
- ७ अछामका रणनीतिक सडक निर्माणमा करिव १९ करोड वजेट विनियोजित
- ८ विपद् जोखिम व्यवस्थापन तथा स्थानियकरण सम्बन्धी ३ दिने तालिमको कमलबजारमा उद्धघाटन
प्रतिक्रिया दिनुहोस