वडा सरकार कांग्रेस कार्यकर्ता पोस्नमै ब्यस्त : नेकपा वडा कमिटी कुईका

नेपाल कम्युनिष्ट पार्टी नेकपा पञ्चदेवल बिनायक नगरपालिका वडा नं १ कुईका वडा कमिटीले वडा सरकारले कार्यकर्ताहरु मात्र पोस्ने काम गरेको आरोप लगाएको छ ।

आज एक बिज्ञप्ति जारी गर्दै नेकपा वडा कमिटीले वडा सरकारले जनमुखी काममा ध्यानै नदिएर कार्यकर्ता पोस्न तल्लिन भएको आरोप लगाएको हो ।

वडा सरकारले वडामा हुने सम्पुर्ण बिकास निर्माणका कामहरु कार्यकर्ता मुखी बनाएको बिज्ञप्तिमा उल्लेख गरिएको छ । हालसालै मात्र वडा कार्यालय भवन निर्माणका लागी कोठे भेला गरेर कार्यकर्ता पोस्ने हेतुले उपभोक्ता समिती गठन गरिएको बिज्ञप्तिमा उल्लेख छ ।

वडा कमिटी अध्यक्ष रघुनाथ तिमील्सैनाले हस्ताक्षर गर्नुभएको बिज्ञप्तिमा कोठे भेलाबाट गठन गरिएका उपभोक्ता समिती तत्काल खारेज गरि सर्बदलिय सर्बपक्षिय भेलाबाट समिती गठन गर्नुपर्ने , बिकास निर्माणमा सर्बपक्षिय सर्बदलिय सहमति हुनुपर्ने , कोभिट १९ को नाममा खर्च भएको रकमको सम्पुर्ण हिसाब जनतासामु प्रष्ट गर्नुपर्ने लगाएतका माग राखिएका छन् ।

यदि आफ्ना मागहरुको बेवास्ता गरिएमा कडा संघर्सका क्रियाकलाप गरिने बिज्ञप्ति मार्फत चेतावनि दिईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker