सुदूरपश्चिममा कोरोना पुष्टि भएपछि युवकले गरे आत्महत्या

सुदूरपश्चिममा कोरोना पुष्टि भएपछि एक युवकले आत्महत्या गरेका छन्। बझाङको खप्तड छान्ना गाउँपालिका वडा नम्वर ७ मा रहेको लामागाडा प्रावि क्यारेन्टानमा बस्दै आएका एक युवकले शुक्रवार आत्महत्या गरेका हुन्। 

खप्तड छान्ना गाउँपालिका ७ गडराय घर भएका १८ वर्षका युवकले आत्महत्या गरेका हुन। जेठ १९ गते भारत वाट आएका उनी क्यारेन्टाइममा बस्दै आएका थिए।

त्यहाँ रहेका २५ जना मध्य कोरोना चेकजाँच गर्दा ५ जनाको आरडिटी रिपोट पोजेटिभ आएपछि पिसीआर गर्दा रावतको मात्र पोजेटिभ देखीएको थियो।

गाउँपालिकाका प्रवक्ता रामबहादुर सिंहका अनुसार कोरना पुष्टि भएर एक्लै बस्दा उनले आत्महत्या गरेका हुन्।

दिनेश खवरबाट साभार

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker