काठमाडौं उपत्यकामा सल्कियो भुसको आगो ! बढ्दै संक्रमित ,१४ स्थानको स्वाब संकलन गरेर परीक्षण थालियो

२६ असार । देशभर कोरोना संक्रमित घट्दै जाँदा काठमाडौं उपत्यकामा भने संक्रमित बढ्दै गएका छन् । इपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार उपत्यकाका विभिन्न १४ स्थानको स्वाव संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको छ । बिज्ञहरुले उपत्याकाको समुदाय स्तर मै कोरोना फैलिएको आशंका गरिरहँदा स्वास्थ्य मन्त्रालयले भने समुदायमा कोरोना नफैलिएको दाबी गरेको छ ।

बिहीबार काठमाडांै उपत्यकामा ५ जना कोरोना संक्रमित भेटिए । काठमाडौं उपत्यकामा सोमबार ५४ जना, मंगलबार २८ जना र बुधबार २३ जनालाई कोरोना पोजिटिभ देखिएको थियो । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार उपत्यकामा ३ सय बढी संक्रमित छन् ।पछिल्लो समय काठमाडौं उपत्यकाको कोरोना देखिएको स्थानको बिवरण हेर्दा प्राय सबै जसो ठाउँमा कोरोना संक्रमित भएको देखिन्छ । ट्राभल हिस्ट्री नै नभएकालाई पनि कोरोना देखिएको छ । यसकारण पनि कोरोना समुदायमा फैलिएको अनुमान गर्न सकिन्छ ।

तर, स्वास्थ्य मन्त्रालयले भने कोरोना समुदाय मै फैलिएको भन्न संक्रमणको अन्य विविध संकेत देखिने हुँदा संक्रमण समुदाय मै नफैलिएको दाबी गरेको छ । बिज्ञहरुले उपत्यकामा समुदाय मै कोरोना फैलिएको आंकलन गरिरहँदा इपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिभिन्न ठाउँको पीसीआर परीक्षणको लागि स्वाब संकलन कार्य पनि गरेको छ ।

धेरै सेवाग्राही आउजाउ हुने मालपोत, खानेपानी, विद्युत, बैंक र अस्पताल जस्ता कार्यालयका अग्रपंक्तिमा खटिने कर्मचारीको कोरोना परीक्षण गर्न बिहीबार कलङ्की ,कालीमाटी लगायत १४ स्थानको स्वाव संकलन गरिएको छ । त्यसैगरी, शुक्रबार उपत्यकाका बिभिन्न स्थानमा स्वाव संकलन गरिने छ । यसले समुदायमा कोरोना फैलिएको छ वा छैन पत्ता लाग्ने छ । सरकारले कोरोना संक्रमण समुदायमा प्रवेश गरेको नगरेको पत्ता लगाउन एक साता भित्र देशभरका विभिन्न स्थानको पहिचान गरी ४५ हजार बढीको पीसीआर परीक्षणको लागि नमूना संकलन गर्ने योजना अघि सारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker