काठमाडौं उपत्यकामा कोरोना संक्रमण दर ह्वात्तै घट्यो, आज उपत्यकामा १ जनामा मात्रै देखियो कोरोना

काठमाडौं, साउन२ -काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा एकजनामात्रै कोरोना संक्रमित थपिएका छन।ले पछिल्लो २४ घण्टामा उपत्यकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परीक्षणमा काठमाडौंका १ जनामा मात्रै कोरोना संक्रमण देखिएको हो।

यसअघि बुधबारसम्म काठमाडौंमा २४४ जना, ललितपुरमा ७५ जना र भक्तपुरमा ४५ जनामा कोरोना संक्रमण देखिएको थियो।तर आज १ जनामा मात्रै कोरोना संक्रमण देखिएपछि राहात महशुश भएको छ ।नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै क्रमितको संख्या १७ हजार ३४४ पुगेको छ। त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना संक्रमित निको भई घर फर्केका छन्।योसँगै घर फर्कनेको संख्या ११ हजार २४९ पुगेको छ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker