Techie IT

मालिका बिकास संघद्धारा जयगढमा फिल्ड कार्यालयको स्थापना


मालिका बिकास संघ नेपालले जयगढमा फिल्ड कार्यालयको स्थापना गरेको छ ।

आज एक कार्यक्रमकाबिच कार्यालयको उद्घाटन गरिएको हो ।

संस्थाका कार्यसमिती सचिब ज्ञानेन्द्र बहादुर रावलको अध्यक्षतामा भएको उद्घााटन समारोहका प्रमुख अतिथी बान्निगढी जयगढ गाँउपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्का रहनुभएको थियो ।
कार्यक्रममा वडा नं ३ का अध्यक्ष कुल बहादुर सेट्टी ५ का अध्यक्ष लाल कामी , गाँउपालिका पशुबिकास साखा प्रमुख हर्क बहादुर शाही , कृषी बिकास शाखा प्रमुख गोबिन्द ठकुल्ला ,कार्यक्रम संयोजक रतन रावल लगाएतको सहभागीता रहेको थियो । मालिका बिकास संघले जिल्लामा कृषी र पशुको क्षेत्रमा बिभीन्न क्रियाकलाप गर्दै आएको छ ।


क्याटेगोरी : समाचार, समाज, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!