कोरानाले ६० वर्षीय वृद्धको मृ त्यु

कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा वृद्धको नि धन भएको छ। गत साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आइसुलेशन वार्डमा भर्ना भएका महोत्तरीका ६० वर्षीय शशि भुषण झाको मंगलबार राति निध न भएको प्रतिष्ठानको मेडिशन विभाग प्रमुख प्रा.डा संजिवकुमार शर्माले जानकारी दिए। प्रतिष्ठान भर्ना भएका मृ तकको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको डा. शर्माले बताए। मृ तकको श व हाल प्रतिष्ठानमै राखिएको छ। मृ तकको शव दाह संस्कारका लागिमहोत्तरी पठाउन व्यवस्थापन भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए।
यसअघि प्रतिष्ठानमा सप्तरीका ७३ वर्षीय रामकृष्ण दा सको नि धन भएको थियो। प्रतिष्ठानमा हाल ११ जना कोरोना संक्रमितको उपचार भइरहेको प्रतिष्ठानका प्रवक्ता डा. निधेश सापकोटाले बताए। उनले प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका २ सय ६७ जनालो कोरोना जितेर डिस्चार्ज भइसकेको बताए। योसँगै कोरोनाले मृ त्यु हुनेको संख्या ४१ पुगेको छ । अन्नपूर्णपोष्टमा लेखिएको छ ।
क्याटेगोरी : समाचार, समाज
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस