कोरोनाले ज्यान गुमाउनको संख्या पुग्यो ४५

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृ त्यु हुनेको संख्या ४५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार वीरगन्जमा एक युवतीको मृ त्यु भएसँगै मृ तकको संख्या ४५ पुगेको हो। शुक्रबार वीरगन्जको गण्डकस्थित अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा उपचार गराइरहेकी युवतीको मृत्यु भएको थियो। बाराको परवानीपुर घर भएकी १९ वर्षीया ती युवतीलाई स्वास्थ्यमा समस्या भएपछि बुधबार वीरगन्जकै वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो।

बिहीबार राति साढे ९ बजे तिर वीरगन्ज हेल्थ केयरबाट उनलाई गण्डकस्थित अस्थायी कोभिड अस्पताल लगिएको थियो। उनको आरडीटी पोजिटिभ आए पनि पीसीआर रिपोर्ट भने मृ त्युपछि मात्र आएको हो। प्रवक्ता गौतमका मृ तक युवतीलाई आइसोलेसनमा उपचारकै क्रममा पखाला धेरै चलेको थियो भने शरीमार अक्सिजनको मात्र कम भएको थियो।

पछिल्ला दिनमा कोरोना संक्रमण दर घट्दै जाँदा ६ जिल्लामा भने संक्रमण शून्यमा झरेको छ। प्रवक्ता गौतमका अनुसार पाँचथर, भोजपुर, संखुवासभा, रसुवा मनाङ र मुस्ताङमा कोरोना शून्य भएको हो। पछिल्लो २४ घण्टामा चार हजार ७५ जनाको नमुना परीक्षण गर्दा १०९ जनाको रिपोर्ट पोजिटिभ आएको हो। नेपालमा अहिले कोरोनाका संक्रिय सं क्रमित पाँच हजार तीन सय ८५ रहेका छन्। कुल संक्रमितको संख्या १८ हजार चार सय ८३ जना रहेको छ ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०६ जनाले कोरोना जितेका छन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या १३ हजार ५३ पुगेको छ।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १८ हजार एक सय ८५ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker