पिसाब गर्न निस्किएकी युवती घन्टौसम्म बला त्कृत

१३ साउन, जनकपुरधाम । धुषाको क्षिरेश्वनाथ नगरपालिकामा १८ बर्षीया युवती बला त्कृत भएकी छन् । नगरपालिकाको वडा नम्बर ३ कि दलित समुदायकी युवतीलाई स्थानीय कलाम राइनले घरबाटै लगी बला त्कार गरेको पीडित युवतीले बताएकी छन् । सोमबार राति १२ बजेतिर पिसाब फेर्न बाहिर निस्केकी युवतीलाई ३० बर्षीय राइनले जब र्जस्ती लगी बला त्कार गरेको पीडित परिवारको भनाइ छ । पिसाब फेर्न निस्केकी युवती घर नफर्केपछि उनको खोजतलास भएको थियो । तर राइनले ती युवतीलाई बिहान ३ बजेतिर घर छोड्न आएपछि घट ना बाहिरिएको हो ।
युवतीले आफूलाई लगेर बला त्कार गरेको बताएपछि बालिकाका आफन्त र गाउँलेले तत्कालै युवकलाई नियन्त्रणमा लिई कु टपिट गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरको जिम्मा लगाएका छन् । कुट पिटबाट युवक घा इते भएका छन् । स्थानीयले जिम्मा लगाएपछि युवती र युवक दुबैको स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए ।
‘युवक र युवतीको स्वास्थ्य परीक्षणसँगै युवकको उपचार पनि त्यहीं भइरहेको छ’ उनले भने । घटनाको विषयमा अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक नायकले बताए ।अनलाइन खबरबाट साभार,
क्याटेगोरी : समाचार, समाज


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस