काठमाडौं उपत्यकामा थपिए ८७ जना संक्रमित

२२ साउन, काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ७६ जना, ललिपुरमा १० जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयले संक्रमित कहाँका हुन् भन्ने खुलाएको छैन ।