भयाभह बन्दै कोरोना,आज मात्रै थप ५ सय २५ जनामा कोरोना संक्रमण

काठमाडौं, साउन ३० । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ । यो सहित गरेर नेपालमा कुल २४ हजार ९ सय ५७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यस्तै बिहिबार १ सय ९ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।पछिल्लो २४ घण्टामा थप १ सय ९ जना जनाले कोरोनालाई जितेर फर्किएसँगै नेपालमा कोरोनालाई जितेर घर फर्कने मानिसको संख्या १६ हजार ८ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा ९५ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् । नेपालमा पछिल्लो २४ घण्टामा ४ जनाले ज्यान गुमाएसँगै मृत कको संख्या ९५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएाके छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker