दिनप्रतिदिन बढ्दै कोरोना ! कुखुराको मासुमा भेटियो कोरोना भाइरस

बेइजिङ-कुखुराको मासुमा कोरोना भाइरस भेटिएको छ। ब्राजिलबाट चीनको शेन्जेन आयात गरिएको फ्रोजन गरिएको कुखुराको पखेटामा कोरोना भाइरस भेटिएको अधिकारीहरूले बताएका छन्। आयातित खाद्यवस्तुको स्क्रिनिङका क्रममा बुधबार कुखुराको पखेटाको पनि नमुना लिइएको थियो। सीएनएनका अनुसार शेन्जेन प्रान्तको लंगाङ जिल्लामा लिइएको सो नमुनामा कोरोना भाइरस भेटिएको हो। बिहीबार एक भनाइ जारी गर्दै नगरपालिकाले यसबारे जानकारी दिएको हो।
हालसम्म कुनै पनि खाद्यवस्तुबाट कोरोना सरेको प्रमाण पाइएको छैन। विश्व स्वास्थ्य संगठनले खाद्यवस्तुबाट कोरोना सर्ने सम्भावना निकै कम रहेको बताएको छ। यसैबीच शेन्जेनका स्वास्थ्य अधिकारीले कुखुराको मासु आयातमा संलग्न सबैको स्वास्थ्य परीक्षण गरिसकेको छ। उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जारी गरेको भनाइमा उल्लेख छ। साथै पखेटा भण्डारण गरेर राखेको स्थानलाई डिस्इन्फेक्सन तथा बेचिसकेकाको कन्ट्याक्ट ट्रेसिङ भइरहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।अनलाइन खबरमा लेखिको छ !!
क्याटेगोरी : समाचार, समाज, सूचना प्रबिधि


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस