श्रीमानबाटै मरणासन्न हुने गरी यसरी कुटिन सात महिने गर्भवती महिला,झन्डै गयो ज्यान, तुहियाे गर्भ

३२ साउन । रोल्पाको रुन्टिगढी गाउँपालिका–३ मा श्रीमानको कु टाइबाट गर्भमा रहेको सातमहिने शिशुको शनिबार मृ,त्यु भएको छ । कु टाइबाट गम्भीर घाइ,ते महिलाको स्वास्थ्यचौकी मसिनामा उपचारका क्रममा सात महिनाको मृ,त शिशु जन्मिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शङ्कर खड्काले जानकारी दिनुभयो ।

रुन्टिगढी–३ भोर्नाका २३ वर्षीया कुले विकको कु टाइबाट २० वर्षीया पत्नी कुमारी विक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । कु टाइबाट पीडित महिलाको टाउको र शरीरमा गम्भीर चोट लागेको बताइएको छ । घाइते महिलाको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । श्रीमती कुटपिट गर्ने कुले विकलाई इलाका प्रहरी कार्यालय होलेरीले पक्राउ गरेको छ ।

घट नाको थप अनुसन्धान गरी गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । उक्त कसुरमा दोषी ठहर भए पाँच वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको प्रहरीले बताएको छ ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker