Techie IT

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निध न


२ भदौ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निध न भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौैंका लाजिम्पाट स्थित आफ्नै घरमा घिमिरेको नि धन भएको पारिवारिक श्रोेतले जनाएको छ । उनको जन्म विं सं। १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् ।

रामविलास ९रचना १९९५० बाट खण्डकाव्यको यात्रा सुरु गरेका कवि घिमिरेको २०१५ मा प्रकाशित गरेको गौरी खण्डकाव्य सबैभन्दा चर्चित खण्डकाव्य हो । घिमिरेद्वारा लिखित ऋतम्भरा महाकाव्य उनको अपूर्ण कृति हो । त्यस्तै, पापिनी आमा ९२०१७०, राजेश्वरी ९२०१७०, राष्ट्रनिर्माता ९२०२३० धर्तीमाता ९२०३०० जस्ता काव्यसंग्रहहरू, मालतीमङ्गले ९२०३५०, शकुन्तला ९२०३३०, हिमालवारि हिमालपारि ९२०५४० जस्ता गीतिनाटकहरू घिमिरेलाई जीवन्त राख्ने साहित्यिक रचनाहरू हुन् ।

उनलाई २०६० साल असोज ७ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले छन्द शिरोमणिको उपाधिबाट अभिनन्दन गरेका थिए । त्यसको तीन दिनपछि उनलाई राष्ट्रकविको रूपमा अभिनन्दन गरिएको हो ।


क्याटेगोरी : समाचार, समाज

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!