खाली खुट्टा काठमाडौं पुगेका बिना वर्दिका सफल प्रहरी बिनोद केसी

काठमाडौं । सानो होस् या ठूलो पर्दा, अभिनेता विनोद केसी धेरै दर्शकमाझ प्रहरीका रूपमा चिनिन्छन्। एक जमानामा लोकप्रिय टेलिभिजन हास्य कार्यक्रम तीतो सत्यमा प्रहरीको भूमिकामा अभिनय गरेपछि धेरैले आफूलाई प्रहरीका रूपमा चिनेको विनोदको अनुुभव छ। ‘म कलाकार हुँ। आफ्नै एडभरडाइजिङ कम्पनी सञ्चालन गरिरहेको छु भने कलाकारितासँगै डकुमेन्ट्रीहरू पनि निर्देशन गर्दै आएको छु। म प्रहरीजस्तै अन्य भूमिकामा पनि अभिनय गर्न सक्छु। तर, प्रायः निर्माता निर्देशकले मलाई प्रहरीको रोलमा बढी अफर गर्ने भएकाले धेरैजसो प्रहरीको रोलमा देखिएको छु।

त्यसैले मानिस मलाई बाटोमा देख्दा वा भेट्दा प्रहरी भनेर झुक्किन्छन्’, कलायात्राको शुरुआती दिन सम्झँदै विनोद भन्छन्– ‘कलाकार श्री थापा (लाहुरेको करिम) को माध्यमबाट कलाकारितामा आएँ भने गोपाल अधिकारी ‘ट्वाकेन्द्र’ ले अभिनय गर्नुपर्छ भनेर घचघच्याए। थोरै भए पुगीसरीबाट क्यामेरा फेस गरेको थिएँ। त्यति बेला एक सिनका लागि १७/१८ टेक खाइयो। त्यसपछि विभिन्न सिरियलमा अभिनय गर्दागर्दै हास्य टेलिशृंखला तीतो सत्यमा पुलिसको रोल गरेपछि मलाई अन्त फर्केर हेर्न परेन। मेरो भागमा प्रहरीको भूमिका पर्न थाल्यो।

जिरे खुर्सानी, मेरी बास्सैजस्ता टेलिशृंखलामा काम गर्दा पनि धेरै दर्शकले मलाई तीतो सत्यको पुलिस भनेरै चिन्नुहुन्थ्यो।’ विनोद भन्छन्– ‘तीतो सत्यले मलाई कला क्षेत्रमा अगागिड आउन सहयोग ग¥र्यो। दीपकराज गिरीले एक्शन कटमा रियाक्सन दिन सिकाए भने शिवहरी पौडेल, जितु नेपालजस्ता कलाकारले गीताञ्जली, जिरे खुर्सानीमा दिएको अवसरको कारण नै म दर्शकमाझ अझ चिनिन सफल भएँ।’प्रहरीकै भूमिकामा अभिनय गरेर चर्चा बटुले पनि अब भने आफू प्रहरीको भूमिकामा काम नगर्ने सोचमा रहेको विनोद बताउँछन्। ‘प्रहरीको भूमिकामा अभिनय गर्न अरूभन्दा गाह्रो छ। अभिनयको हिसाबले भन्दा पनि प्रक्रियाको हिसाबले निकै झन्झटिलो छ। प्रहरीको पोशाक र दज्र्यानी चिह्न लगाउन गाह्रो छैन, तर स्क्रिप्टअनुसार थाना, भ्यान, पेस्तोल आदि प्रयोग गर्न भने केही असजिलो छ र प्रक्रिया पनि लामो छ।’

उनका अनुसार प्रहरीको भूमिकामा अभिनय गर्दा पहिला प्रहरीसमक्ष स्क्रिप्ट बुझाउनुपर्छ। स्क्रिप्टमा काँटछाँट गरेपछि मात्र सुटिङ गर्नुपर्ने हुन्छ। ‘हुन त प्रहरीको रोलमा अभिनय गर्दा प्रहरीबाट धेरै सहयोग पाएको छु। तर, हेडक्वार्टर या माथिल्लो निकायबाट सिफारिस लिएर आउनु भनेर सुटिङ नै गर्न नदिएर फर्काएको अवस्था पनि भोग्नुपरेको छ। केही समयअघि मात्र फिल्म लक्का जवानको सुटिङको क्रममा प्रहरी प्रधान कार्यालयको चिठ्ठी देखाउँदा पनि पनौतीका एक असई सापले माथि रिपोर्ट गर्नुपर्छ भनेर एसपी सापलाई सोध्न लगाएर एसपीसँग फेरि प्रमिसन लिएर मात्र सुटिङ गर्न पाइयो।’ –विनोदले सुनाए। नेपालमा प्रहरीको भूमिकामा वास्तविकता नदेखिने विनोदको अनुभव छ। ‘इन्डियन फिल्म हेर्दा प्रहरीको भूमिका, हाउभाउ तथा गेटअप वास्तविक नै हो कि जस्तो लाग्छ। हाम्रोमा त्यस्तो देखिँदैन। यिनै कारणले गर्दा पनि यस्तो समस्या देखिएको हो।’ –उनको ठम्याइ छ।

विनोदले २०५८÷०५९ सालमै कलाकारितामा पाइला राखेका थिए। टेलिसिरियल थोरै भए पुगीसरीबाट अभिनय क्षेत्रमा आएका विनोदले त्यसपछि क्याटम्याण्डु, गीताञ्जली, तीतो सत्य, जिरे खुर्सानी, मेरी बास्सै, पर्खाल, उद्घाटन, परिचय, पर्खालजस्ता सानो पर्दाका सिरियल र कार्यक्रममा अभिनय गरे भने ठूलो पर्दातर्फ फिल्म गोर्खा रक्षकबाट काम गर्न शुरू गरेका थिए। त्यसपछि मलतीको भट्टी, लक्का जवानलगायतका फिल्ममा अभिनय गरेका छन्। अभिनयसँगै डकुमेन्ट्री निर्देशन गर्दै आएका विनोद कलाकारिता मात्र गरेर जीवन गुजार्न गाह्रो हुने देखेर निर्देशनमा हात हालेको बताउँछन्। ४/५ सयको हाराहारीमा डकुमेन्ट्री निर्देशन तथा केही म्युजिक भिडियोमा अभिनय र मोडलिङ गरिसकेका विनोदले स्वास्थ्य, खानेपानी जस्ता विषयमा विभिन्न १६ जिल्लामा ४०÷५० सडक नाटकमा काम गरिसकेका छन्। पछिल्लो समय उनले काठमाडौं महानगरपालिकाको विज्ञापन, फिलर डकुमेन्ट्री निर्देशन गरेका छन्।

‘अन्य निर्देशकले एक्सन कट भनेको सुन्दा मचाहिँ कहिले डाइरेक्टर बन्छु होला जस्तो लाग्दोरहेछ। अरू जागिर खाँदा प्रोमोसन कहिले हुन्छ भन्ने हुँदोरहेछ भने कलाकारितामा आएपछि भने कहिले निर्देशक बनौं भन्ने हुँदोरहेछ। त्यसैले निर्देशनमा पनि आएको हुँ।’ –उनी भन्छन्। बाल्यकालमा गृहजिल्ला धादिङबाट रेडियो नेपालमा गीत गाउनकै लागि हिँडेर आएको विनोदको स्मृतिमा अझै ताजा छ। ‘सानो बेलामा रेडियो नेपालबाट प्रसारण हुने चौतारी नामक कार्यक्रममा गीत गाउनका लागि ५ चोटिसम्म रेडियो नेपाल गएँ। तर, स्वरले साथ नदिएपछि सधैं फेल भएँ। कार्यक्रम सञ्चालकमध्येका युक्ता गुरुङ दाइले तिमी कहाँदेखि आउँछौ भाइ भनेर सोध्नुभयो।

म धादिङदेखि आउँछु भनेपछि अब जस्तो छ त्यस्तै गाउने अबदेखि तिमी नआउ है भनेर गाउन दिनुभयो। मैले घरमा भैंसी भोकै छ वनमा डाली लपक्कै भन्ने गीत गाएको थिएँ। त्यो बेला म सानै भएकाले सिंहदरबार छिर्न ठूलो मान्छेको पछि–पछि लाग्थें। बिहान साढे ९ बजे सिंहदरबार छिरेपछि बाहिर निस्किन बेलुका ४ बजेसम्म कुर्नुपथ्र्यो। धादिङबाट खाली खुट्टा काठमाडांै आएको थिएँ।’ –विनोदले सुनाए ।(न्युज अफ नेपाल अनलाइन खबरमा लेखिएको छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker