कोरोना संक्रमित युवकको मृ त्यु

८ भदौ, विराटनगर । सिराहाको लहानका २२ वर्षीय कोरोना संक्रमित युवकको उपचारका क्रममा मृ$त्यु भएको छ । आइतबार कोरोना संक्रमण पुष्टि भएका उनको सोमबार दिउँसो ३ बजे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृ$त्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएका उनी भदौ २ गते अस्पताल भर्ना भएका थिए । संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा सोमबार मृ$त्यु भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिए । अनलाइन खबरमा लेखिएको छ ।

मृत$क युवक लागूऔषध प्रयोगकर्ता रहेको प्रतिष्ठानले जनाएको छ । उनमा मुटुसम्बन्धी समस्या पनि थियो । धरानमा शनिबारयता लगातार तीन दिन तीनजनाको मृ$त्यु भएको हो । शनिबार र आइतबार धरानकै पुरुषको मृ$त्यु भएको थियो ।

प्रदेशमा थपिए ६४ थपिए-सोमबार प्रदेश १ मा ६४ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार मोरङमा २९, सुनसरीमा १९, झापामा ५, धनकुटामा २, संखुवासभामा १ र प्रदेश १ बाहिरका ८ जनामा कोरोना संक्रमण भएको छ । मोरङको विराटनगर महानगरपालिकामा २३ जना संक्रमित थपिएका छन् । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ७ सय २३ पुगेको छ ।

दुई जनाको मृ,त्यु-पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप २ जनाको मृ$त्यु भएको छ । सुनसरीको धरान र विराटनगरमा १–१ पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । धरानमा प्लाज्मा थेरापी गरिएका संक्रमितको आइतबार बेलुका र विराटनगर ८ का पुरूषको आइतबार राति मृ$त्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker